कोरिया मोक्पो साम्हो साझा चौतारीमा दशैं भब्य आयोजना

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया डट कम l  
९ अक्टोबर,२०१८ कोरिया l
सुख दुख खेलकुद र मनोरंजनको सगालो मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको मोक्पो शहरमा यहि आउदो अक्टोबर २१ तारिख आईतबार नेपालको विजयादशमीको शुभ अवसर पारेर सबै प्रवासी नेपालीहरु सगै हर्सो उल्लासको साथ दशैं मनाइने भएको छ l
कोरियाको लोकप्रिय चर्चित ठुलो नेपालीहरुको बाहुल्यता रहेको सामाजिक सस्था मोक्पो साम्हो साझा चौतारी नेपालको आयोजनामा हुने उक्त कार्यक्रममा आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित मनोरंजनपूर्ण तवरले दशैँको महत्व झल्काउने कार्यक्रम सदा झैँ यस वर्ष पनि भव्यताकासाथ आयोजना गरिने तयारी भइरहेको सो सस्थाका अध्यक्ष सुन्दर सुवेदीले बताएका छन्l
उक्त कार्यक्रममा चर्चित स्थानीय कलाकर्मीहरुको बेजोड प्रस्तुतिमा आपसी सदभाव,भेटघाट ,शुभकामना आदानप्रदान, मनोरन्जनात्मक नाचगान, तथा मीष्ठान्न भोजन परिकार सहितको रमाइलो कार्यक्रम जहा परदेशमा रहेर पनि पारिवारिक बाताबरणमा थोरै भए पनि दशैँको आभास दिलाउने दशैँ विशेष कार्यक्रम भएको हुदा मोक्पो आसपास साथै कोरियामा रहनुभएका सम्पूर्ण संघ सस्था तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिती भई कार्यक्रम सभ्य र भब्य रुपले सफल पारिदिनहुन हार्दिक अनुरोध गरिएको छ
मिती : २१  अक्टोबर २०१८ l आईतबार
समय : ११  बजे
स्थान : थेबुल फुटबल पार्क 

, ,

0 comments

Write Down Your Responses

-->