फेन्थेकमा अक्टोबर २० तारिख साँझ दशैँ पर्ब मनाईदै


लक्ष्मण पौडेल
९ अक्टोबर,२०१८ कोरिया l
दक्षिण कोरियाको फेन्थेकमा यहि आउदो अक्टोबर २० तारिख शनिबार साझ नेपालको विजयादशमीको शुभ अवसर पारेर सबै प्रवासी नेपालीहरु सगै हर्सो उल्लासको साथ दशैं मनाइने भएको छ l
कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टरमा आयोजना हुने उक्त कार्यक्रममा आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व झल्काउने छन् l


नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको नेपाली समितिका अध्यक्ष राजेन्द्रप्रसाद बेलबासेले जानकारी गराउदै सम्पूर्ण कोरिया बासी नेपालीहरुमा हार्दिक निमन्त्रणा गरेका छन् l
कार्यक्रम विवरण
हार्दिक निमन्त्रणा 
फेन्थेक माइग्रेन्ट सेन्टर :-(नेपाली समिति)द्वारा यही अक्टोबर 20 तारीक शनिबार नेपालीहरुको महान पर्ब २०७५ को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान सगै बिबिध सास्कृतिक कार्यक्रम] आयोजना गरीएको हुदा :-
कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,ब्यबसायी,पत्रकार,कलाकार ,बिध्यार्थी, बुद्धिजीवीहरु लगाएत सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम तालिका
मिती: 2018 - अक्टोबर 20 तारिक शनिबार
समय: साझ ठिक ५ बजे देखी
कार्यक्रम प्रथम चरण :- दशैँ स्वागत शुभकामना आदानप्रदान l
दोश्रो चरण:- टिका ग्रहण , कला प्रस्तुति तथा सास्कृतिक रमझम साथमा नेपाली भोजनहरु
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
सम्पर्क :- राजेन्द्र बेलबासे 01063942014 लक्ष्मण पौडेल 01058349514 बिशाल थापा 01059461415
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

, ,

0 comments

Write Down Your Responses

-->