पाँच–"स” कोरियाद्वारा सउलमा दशैँ कार्यक्रम आयोजना

भव श्वी बोम्जन 
९ अक्टोबर२०१८ कोरिया l 
“पाँच–स” दक्षिण कोरियाद्वारा सउलमा दशैँ कार्यक्रम गरिँदै ।
नेपालीहरुको महान् चाड “दशैँ–२०७५” को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै “सनातन साहित्य संगीत साधना समूह” (पाँच–स दक्षिण कोरिया) द्वारा “नवदुर्गा पूजा, टिका जमरा, दशैँ विशेष शुभकामना आदान प्रदान तथा साँगीतिक कार्यक्रम २०७५” आयोजना गरिएको छ ।
दशै कार्यक्रमको अवसरमा विधिवत् वैदिक मन्त्रोच्चारण पूर्वक घटस्थापनाको दिन जमरा राखी पञ्चमी तिथिका दिन नवदुर्गा भगवतीको सामूहिक रुपमा विशेष पूजा तथा ग्रहशान्ति कार्यक्रम हुने जानकारी गराइएको छ  ।
महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा आराधना नवरात्री भित्र गरिनेछ । महाकालीको पूजन गर्नाले हाम्रो मनोबल बढ्दछ । शरीरमा शक्ति प्राप्त भई उर्जावान् बनिनेछ । जसबाट तनाब र दुःख कष्टलाई पार गर्न सक्ने क्षमता प्राप्त हुन्छ । महालक्ष्मीको पूजनबाट धन ऐश्वर्य, वैभव, सुख शान्तिको उदय हुन्छ । महासरस्वतीको पूजन गर्नाले वुद्धि, विवेक, ज्ञान बढद्छ । यसरी त्रिशक्तिको पूजनबाट या विश्वासपूर्ण आस्थाबाट शक्तिको श्रोत या उर्जाको धारा आफूमा प्रवाहित हुने वैदिक विज्ञानको मान्यता रही आएको छ । त्यसैले भन्ने गरिन्छ माता दुर्गा भगवतीको प्रसादले पूर्ण विपद नष्ट भई आरोग्यता,धन र विवेकले भरिपूर्णता मिल्दछ ।
यसर्थ टीका जमरा ग्रहण, दशैँ विशेष शुभकामना आदान प्रदान तथा सांगीतिक नाचगान एवम् खानपानको कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा, सहभागी भई विशुद्ध पारिवारिक, भ्रातृत्वमय र सद्भावपूर्ण वातावरणमा सबैको दिर्घायू, सुस्वास्थ्य र समृद्धि हासिल गर्नका लागि देवी शक्तिको अनुकम्पा ग्रहण गर्नुहुन हार्दिक निमन्त्रणा गरिएको छ ।
कार्यक्रमका आकर्षणहरु:
1)2018-10-10 घटस्थापनाको दिन बिधिवत रुपमा जमरा राखिने।
2)2018-10-14 (प्रात:९बजे शुभारम्भ)आइतबार पन्चमीको दिन विशेष नवदुर्गा पूजा तथा सामुहिक ग्रहशान्ती,दूर्गा सप्तशती (चण्डी) पाठ।(लुम्बिनी रेस्टुरेन्ट,दोङ्देमुन)
3)2018-10-21 (10:00am) आइतबार दशै विशेष शुभकामना आदानप्रदान,टिका-जमरा ग्रहण तथा साङ्गितिक कार्यक्रम ।
4)निशुल्क प्रवेश
5)सउल सहरको सुन्दर दृश्यावलोकन
6)स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुती ।
7)सेलरोटी खादै लठ्ठे पिङ्ग खेल्ने अवसर।
8)पन्चेबाजा सहितको साङ्गितिक झाकी।
समय:बिहान १० बजे
स्थान :숭인동 동산배드민턴장(1호선 동묘앞역 10 번 출구 बाट 10 मिनेट हिडेर पुगिने डाँडा)(साकेला कार्यक्रम गरेको स्थल)
सम्पर्क:
01058102440 यम सापकोटा
01024711437 भवश्वी बोम्जन
01064924840 लोकराज न्यौपाने
01047525732 प्रेमराज अधिकारी

,

0 comments

Write Down Your Responses

-->