मिर्गौला पीडितलाई गोरखा परिवार दक्षिण कोरिया द्वारा आर्थिक सहयोग

   नमस्ते नेपाल कोरिया संवाददाता -
     बिगत १ वर्ष देखि मिर्गौला  पीडित अवस्थामा रहनु भएको शान्ता गुरुङ्लाई गोरखा परिवार दक्षिण कोरिया द्वारा आर्थिक सहयोग प्रदान गरेको छ ।

    गोरखा जिल्ला घैरुङ गा . वि .स स्थाइ निवासी वर्ष २० को गुरुङको दुवै मिर्गौलाले काम नगर्ने भइ मिर्गौला  प्रत्यारोपण गर्नु पर्ने । तर परिवारिक आर्थिक अवस्था कमजोर  भएकोले उक्त शन्ता गुरुङको जीवन बचाउनको लागि गोरखा परिवार दक्षिण कोरिया र कोरियामा कार्यरत घैरुङ बासीहरुको अग्रसर्तमा कोरियामा कार्यरत एवम विभिन्न पेसासग संबंधित गोर्खाली तथा नेपाली समुदायबाट सहयोग संकलन गरि नेपाली रु २,३०,५००।- (अक्षरुपी दुइलाख तीस हजार पाच सय मात्र । ) सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।
       उक्त   सहयोग  रकम गोरखा परिवार दक्षिण कोरिया र गोरखा परिवार दक्षिण कोरिया द्वारा नेपालमा स्थापित गोरखा वेलफयरका प्रतिनिधि श्री कमल गुभाजु लगाएत  रमा लामिछानेले एक कार्यक्रम बिच संयुक्त रुपमा हस्तान्तरण गरियो ।

       गोरखा परिवार दक्षिण कोरियाको यस अभियानलाई सहयोग गर्नुहुने सम्पुर्ण गोर्खाली तथा नेपाली समुदायहरुमा  अध्यक्ष राजेन्द्र श्रेष्ठले धन्यबाद ब्यक्त गरेका छन् l

0 comments

Write Down Your Responses

-->