कोरिया कार्यस्थलमा ब्यापक उत्पीडन तथा यौन दुर्व्यवहार

कृष्ण पुरी (सह सम्पादक - नमस्ते नेपाल कोरिया डट कम )
भर्खरै कोरियाली लैङ्गिक समानता मन्त्रालयले जारी गरेको एक रिपोर्ट अनुसार,  कोरियाली कार्यस्थलमा युवाहरुमा ब्यापक उत्पीडन  साथै कम तलब दिने गरेको पाइएको छ l

गत बर्ष २०१४ को तथ्यांकअनुसार कोरियनहरु १५ देखि १९  बर्षसम्मका सबै किशोरकिशोरी हरूमध्ये २ लाख ४० हजार जति  (७.२%) पार्ट टाईमको रूपमा कार्यरत थिए।

 त्यसमध्ये  ७९.२  प्रतिशतको काम गर्दा  लिखित कन्ट्याक्ट नगरेका र १०.५ प्रतिशतले  कामको बखत  मौखिकरुपमा तथा अन्य तवरबाट  यौन शोषण हुने गरेको बताए l जबकि तिनीहरू १५.०६   प्रतिशतको  अतिरिक्त कामको  लागि भुक्तानी नदिएको साथै  १२.०६  प्रतिशतको पुरा  भुक्तानी पाएका  थिएनन् ।
 मन्त्रालयका अनुसार  गत महिनामा मात्र १६३ वटा  किशोरकिशोरीहरुको  कामदारहरूको अधिकार-सेवा उल्लङ्घन भएको  रिपोर्ट दर्ता भएको  थियो l


उल्लंघनको सबैभन्दा ठूलो संख्या ६५.९  प्रतिशत - राष्ट्रव्यापी साना रेस्टुरेन्ट र क्याफेहरूमा हुने गरेको थियो । नियम  उल्लङ्घन गर्नेहरुमा  बाल सैलून, बेकरिज़ ,, सुविधा स्टोर र फिलिम थिएटर पनि समावेश थिए ।

लगभग ४०  प्रतिशतको ज्याला, कामको घन्टा,आराम समय र कामको  अवस्था बारे कर्मचारीहरुलाई  सूचित गरिएको थिएन l

केही रोजगारदाताले जानाजानी आफ्नो कामदारको  लिखित कन्ट्याक्टमा सबै आवश्यक जानकारी समावेश नगरिएको जसमा १६.६ प्रतिशत जतिको  कुनै लिखित शर्त नगराएको र १२.२ प्रतिशत जति ज्याला नतोकिएको पाइएको थियो l

वर्तमान कानुनअनुसार, रोजगारदाताले आफ्ना  कर्मचारीहरुलाई  कामको अवस्था, ज्याला , कामको समय आदि बारे  सूचित नगरेको खण्डमा ५०  लाख वोन
($ ४५०० डलर जति ) सम्म जरिवाना गर्न सक्नेछ  र  न्युनतम ज्याला दर भन्दा कम तलब दिएमा २० मिलियन वन  सम्म जरिवाना बेहोर्नुपर्ने उल्लेख रहेको छ l

 कोरियामा बर्तमान २०१५ बाट  न्यूनतम ज्याला ५५८० वन प्रतिघन्टा रहेको छ।

मन्त्रालयका अनुसार, सरकार कानुनी वा श्रम विशेषज्ञहरुद्वारा   कार्यस्थलमा अनुगमन तथा सेवा आरम्भ गर्ने योजनामा रहेको  साथै ज्याला समस्या वा दुर्व्यवहार कुनै पनि प्रकारको अन्याय  बारे जाचबुझ गर्ने बताएको छ ।
 यदि श्रम अधिकार उल्लंघन  भएको खण्डमा कामदारहरुले पनि मदत लागि (# 1388 ) मा एक टेक्स्ट  सन्देश पठाउन सक्नेछन l

0 comments

Write Down Your Responses

-->