ओएनएफको आन्सान अधिबेशन ११ जनवरीमा हुने ।

ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया 
              नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च ( ONF )दक्षिण कोरियाको आन्सान क्षेत्रीय कमिटिको  चौथो अधिबेश  यहि जनवरी ११  तारिख हुने भएको छ ।कोरियाका मुख्य ८ क्षेत्रमा सङ्गठन बिस्तार गरेको ONF ले प्रत्येक २ बर्षमा आफ्नो केन्द्रिय र हरेक १ बर्ष क्षेत्रीय अधिबेशन गर्ने गरेको छ ।ओएनएफ आन्सान कमिटि सचिब इन्द्र दाहालका अनुसार आन्सान क्षेत्रीय अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको छ र आन्सान क्षेत्रमा बस्ने समर्थक सुभेच्छुकहरु उल्लेख्य रुपमा सहभागी
हुने छन ।


सन १९९६ मा ONF को स्थापना भए पस्चात आन्सान क्षेत्रमा  बिगतमा तिन वटा अधिबेशन सम्पन्न भएका छन । ओएनएफले आन्सानलाइ आफ्नो सङठनको बिशेष कार्यक्षेत्र मान्ने गरेको छ ।
केन्द्रिय सदस्य काजी नेपालका अनुसार आन्सानमा
सिह्वा र फानवल जस्ता दुइ ठुला औद्योगिक क्षेत्र रहेको र त्यस्मा नेपाली कामदारहरुको उपस्थिती बाक्लो रहेको हुनाले पनि यो प्राथमिकताको क्षेत्र हो
अधिबेशन  आन्सान ट्रेन स्टेशन नजिकै बिहान १0 बजे बाट सुरु हुने बताइएको छ । ONF ले आन्सान क्षेत्रमा बस्ने आफ्ना समर्थकहरुलाइ यसै  सुचना मार्फत अधिबेशनमा उपस्थितिका लागी हार्दिक  अनुरोध गरेको छ ।

सम्पर्क नम्बरहर

बिकास बुडाथोकी 010 7355 1875

काजी नेपाल 010  6464 1511

0 comments

Write Down Your Responses

-->