रियल मड्रिडले युभेन्टसलाई ४–१ ले हराउदै उपाधि जिते

शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड लगातार दोस्रो तथा समग्रमा १२ औं पटक युरोपको च्याम्पियन बनेको छ ।





वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराएका छन् l च्याम्पियन्स लिगमा लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम बनेको छ ।



रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ६१ औं मिनेटमा कासमेइरो र ९० औं मार्को एसेन्सिओले गोल गरे । युभेन्टसका लागि २७ औं मिनेटमा मारियो मान्जुकीले एक गोल फर्काए । ८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।



यसअघि सन् १९९८ मा पनि फाइनलमा रियलसँग युभेन्टस १–० ले पराजित भएको थियो । यो सिजन १३ खेलमा १२ गोल गरेका उनी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् ।
च्याम्पियन्स लिगका तीन फरक फाइनलसन् २००८, २०१४ र २०१७ मा गोल गर्ने एक मात्र खेलाडी पनि रोनाल्डो बनेका छन् ।

,

0 comments

Write Down Your Responses

-->