संयुक्त राष्ट्र संघकाद्वारा उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध

नमस्ते नेपाल कोरिया डट कम -
उतर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बढ्दो तनावका माझ उत्तर कोरियाविरुद्ध 
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले थप प्रतिबन्ध लगाएको छ।

 उत्तर कोरियाका चारवटा कम्पनी र १४ जना अधिकारीहरुमाथि सुरक्षा परिषद्ले पछिल्लो पटक प्रतिबन्ध लगाएको हो। प्रतिबन्धमा पर्ने अन्यमा उत्तर कोरियाको वर्कर्स पार्टीका वरिष्ठ सदस्यहरु तथा प्योङयाङको सैनिक कार्यक्रमलाई आर्थिक सहयोग गर्ने व्यापारिक निकायका प्रमुख छन्।उत्तर कोरिया बाहिर जासुसी गर्ने निकायका प्रमुख पनि प्रतिबन्धमा पर्नेहरुमा छन्।

 अमेरिका र चीनको प्रस्ताव सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध र सम्पत्ति रोका गर्नेसहितको सर्वसम्मतिले अनुमोदन गरेको थियो।

 चीन र अमेरिकाले हप्तौंदेखिको वार्तापछि त्यसबारे सहमति गरेका थिए। पछिल्लो प्रतिबन्धलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार अनुमोदन गरेका छन्। तर राष्ट्रसंघीय प्रतिबन्धको उत्तर कोरिया अवज्ञा गर्दै आएको छ।

0 comments

Write Down Your Responses

-->