यति बैंक भक्तपुरको वित्तिय साक्षयरता अभियान सम्पन्न

भक्तपुर-यती डेभलपमेण्ट बैक भक्तपुर शाखाले साक्षरता अभियान सम्पन्न गरेको छ | बैंकले भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेज, देकोचा भक्तपुरमा मंगलबार र बुधवारका दिन वित्तिय साक्षयरता अभियान २०७४ सम्पन्न गरेको हो |


बैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा बैकको भक्तपुर शाखाका शाखा प्रबन्धक आश जरेजुले आश्वा प्रणलाी, एटिएम कार्ड लगायत अनलाइन बैकिङको उपयोगिता बारे प्रस्तुती दिएको थिए ।

बैकका कर्माचारी मन्जु स्थापित, रमिता देउपाला र रोशन सिम्खडाले क्रमश: जाली नोट चिन्ने विधि, बचत, लघु वित्त, रेमिटान्स र खाता सचालन विधिबारे जानकारी दिएका थिए ।

कलेजका विविएस अध्ययनरत करिव दुइ सय जना विद्यार्थीहरु तथा शिक्षक शिक्षकाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य रुपक जोशी र उप प्राचार्य राजेशकुमार श्रेष्ठले सो कार्यक्रम विद्यार्थीहरुका लागि अध्ययन सागै व्यवहारिक ज्ञानको लागि समेत उपलब्धीमुलक भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

ख्वप उच्च मविका उप प्राचार्य विष्णुप्रशाद किसीको पनि उपस्थिति रहेको थियो । यस अभियान अन्तरगत बैकले देशैभरि यस प्रकारका वित्तिय साक्षरता कार्यक्रम गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

-->