फेन्थेक माइग्रेन्ट नेपाली समितिअध्यक्षमा बिशाल थापा चयन


सम्पुर्ण नेपालीहरुमा सद्भाव एकता,दुख-सुखमा आत्मियता भन्ने मूल भावाना बोक्दै आएको कोरियाको प्रबाशी नेपालीहरुको साझा सस्था फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितीको हिजो डिसेम्बर २२ तारिख सम्पन्न नवौ साधारण सभा तथा अधिबेसन बाट बिशाल थापा सर्बसम्मत अध्यक्षमा चयन भएका छन् lसाधारण सभा तथा अधिबेसन कार्यक्रमको पश्चात सो समिति बिघटन गरी नयाँ सत्र प्रक्रिया वाट माइग्रेन्ट सेन्टर संचालक किमको प्रमुख निर्णायक सयोजन सगै नि. बर्तमान अध्यक्ष लक्ष्मण पौडेलको सहजकर्ताको भूमिका द्वारा उक्त समिति गठन गरी १४ सदस्सिय नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्ष थापा अगाडी २ कार्यकाल सस्थाको महत्वपूर्ण पदहरुमा जिम्मेवारीपुर्बक सम्हाल्दै हाल समितिमा बरिस्ठ उपाध्यक्ष भूमिकामा रहेका थिए । वहाले उक्त माइग्रेन्ट नेपाली समितीको नया कार्यसमिति चयन गर्न बिसेष सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यबाद ब्यक्त गर्दै आफ्नो बल बुद्धि र क्षमताले भ्याएसम्म समिती लाई सामाजिक कार्यमा निरन्तर अघि बढाईरहने प्रतिबद्धता व्यक्त गरेका छन ।







































नब गठन समिती यस प्रकार छ
विशाल थापा - अध्यक्ष
जीवन आर्यल - बरिस्ठ उपाध्यक्ष
सोम बुढा - उपाध्यक्ष
मनु राई - उपाध्यक्ष
नवीन नाबित - उपाध्यक्ष
मनोज चापागाईं - सचिब
अमृत के सी - सहसचिब
यज्ञ मुर्ति बस्याल - कोषाध्यक्ष
सन्त लामा - सह कोषाध्यक्ष
अमृत श्रेष्ठ - सदस्यहरु
मिलन श्रेष्ठ
नवीन पुरी
रोमन कार्की
जीवन थापा

अध्यक्ष बिशाल थापा 


प्रकाशित मिति :२३ डिसेम्बर २०१९ कोरिया l












,

0 comments

Write Down Your Responses

-->