पहिलो अन्तर्राष्ट्रिय समाजबाद अवार्ड समारोह झलक इसा हिरोमा शुभद्रा


अन्तर्राष्ट्रिय समाजबाद अवार्ड समारोह गत डिसेम्बर २२ तारिख आइतबार सउलमा अनलाइन मिडिया कोरिया र क्लब फोर्टी इन्टरनेसनलको नेपालको आयोजना तथा ग्लोबल भिलेज मल्टिकल्चर फेडेरेशनको कोरियाको सहआयोजनामा भव्य रुपमा सम्पन्न भएको छ । समारोहमा कोरियाको रास्ट्रपति मुन्जें इन का दाजु ,दोंगुक बिश्वबिद्यालयका डीन तथा भिटा कम्पनिका प्रमुख समेत रहेका, कोरियाका बिभिन्न प्रतिष्ठित सामाजिक संघ सस्थामा आबद्ध  मुन सां जू को प्रमुख आतिथ्य र किशोर ब्लोन नियोगको सभापतित्वमा बिभिन्न नेपाली संघ सस्थाहरु ,कोरियाका प्रतिष्ठित सामाजिक संघ सस्था तथा नेपाली कोरियाली महानुभावहरुको  उल्लेख्य सहभागिता र प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा कोरियामा रहेर बिभिन्न सामाजिक विधामा महत्वपूर्ण योगदान पुर्याउनुहुने  कोरियनहरु साथै नेपाली बिभिन्न विधाका व्यक्तिहरुलाई हौसला प्रेरणा स्वरूप सम्मान गरिएको थियो l सो समारोह विभिन्न बिधामा नेपालीहरु २३ जना र २६ जना कोरियन नागरिकलाई अवार्ड द्वारा सम्मानित गरेको हो ।
त्यसैगरी बिशेष अतिथीहरुमा छां दु अक, दिलिप धिताल, लोचन राई ,आदर्श मगर, श्री प्रसाद श्रेष्ठ, अमृत राई, युगल तेन्डुप शेर्पा, मझुशुधन ओझा, मिना थापा, ऋतु श्रेष्ठ, मनोज गौतम दर्पण गुरुं रहनु भएको थियो । कार्यक्रम संचालन  सोनाम लामा ह्योल्मोले गर्नुभएको  थियो भने कार्यक्रम व्यवस्थापक प्रमुख राज कुमार स्याङतानको  रहेको थियो ।
 बिभिन्न सम्मानित मध्यबाट सर्बाधिक बढी मत ल्याई पहिलो अन्तर्राष्ट्रिय समाजवाद अवार्ड (International Socialism Award) ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले हात पारिन । समाजसेवी तथा भाषा अनुवादक शुभद्राले  २ सय ३८ मत ल्याएर अवार्ड जितेकी  हुन् ।पहिलो हिरोसँगै उनले नगद २० लाख वोन र विभिन्न सम्मान उपहारहरु पाएकी  छन् ।  जितेको पुरस्कार राशिबाट  १० लाख वोन महाबिर पुनको  राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्  
समारोहमा शुभकामना दिदै प्रमुख अतिथि मुन सा जु ले नेपालमा लागानी भित्र्याउने बारे महत्वपूर्ण चासो व्यक्त गर्दै ,पर्यटन बर्ष २०२० सफल गराउन नेपाल सरकारलाई शुभकामना व्यक्त गरेका थिए । उक्त समारोहमा सिता सुबेदी ,सुर्य रुम्बा लगाएत नेपाली तथा कोरियन कलाकारहरुको नृत्य गित गायन सगै प्रस्तुतिहरु रहेका थिए 
आयोजकले यस कार्यक्रमले कोरियाको नेपाली समुदायमा एक नया सुरुवात  र सामाजिक कार्यको  हौसला तर्फ लक्षित गर्दै सामाजिक प्रेरणा र संदेश दिन सफल भएको जनाएका छन्  । कार्यक्रम सयोजक तथा अनलाइन मिडियाका अध्यक्ष किशोर ब्लोन नियोगले उक्त  International Socialism Award (अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार) 자원 봉사자 시상식 ISA Hero-2019 समारोहलाई गरिमामय तवरले सम्पन्न गर्न गराउन सहयोग र सद्भाव जनाउनु हुने ,सम्मानित हुनुहुने लगाएत सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै केहि कार्यक्रम आयोजना ब्यबस्थापनमा प्राबिधिक कमीकमजोरीहरु प्रति क्षमायाचना गर्दै आगामी दिनमा सुधार गर्दै अगाडी बढ्ने उद्घोष गरेका थिए l
- प्रकाशित :२३ डिसेम्बर २०१९ कोरिया 












0 comments

Write Down Your Responses

-->