सलनालमा भ्वाइस अफ नेपालको बेजोड धमाका


भक्तपुर समाज दक्षिण कोरिया को पहिले प्रस्तुती द भ्वाइस अफ नेपाल 2 लाइभ कोरियामा राम लिम्बुका साथमा अन्य चर्चित कलाकारहरुले जनावरी 25 मा कोरिया तताउने
कोरियावासी सम्पूर्ण नेपाली समुदायहरुमा जानकारी गर्दै  यही आउदो जनवरी २५ तारिख कोरियन नयाँ वर्ष सल्नालको दोस्रो दिन प्रवासको सांगीतिक कार्यक्रम मध्येको अहिले सम्मकै सर्वाधिक समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजना हुदै छ । पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहेको नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहेको कलाकारहरुको साथमा विश्वस्तरीय कन्सर्ट हलमा आयोजना हुने कार्यक्रममा  कोरियाबासी नेपालीहरुको गरिमामय उपस्थितिको लागि भक्तपुर समाज द्वारा हार्दिक निमन्त्रणा गरिएको छ।कार्यक्रममा पुर्ब बाट राम लिम्बू सुदूरपश्चिम बाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा राप्ती बाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरि र सिराह बाट आरिफ रौफ भ्याली बाट बाट सनिश श्रेष्ठ चितवन बाट चर्चित डान्सर अलिशा सर्मा र क्लासिकल डान्सर सीता सुबेदि ,भारत को दार्जिलिङ बाट भ्वाइस अफ नेपालकी रकिङ्ग स्टार याङ्की याल्मो लगायत अन्य स्थानिय कलाकारहरु समाबेस गरिएको छ ।सउल मेट्रो लाइन नं २ को कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५०मिटर अगाडि रहेको New Millennium Hall (세천년관) मा सम्पुर्ण नेपाल झल्कने सांगीतिक कार्यक्रममा उल्लासमय उपस्थितिको लागि अध्यक्ष रमेश गिरीले हार्दिक अनुरोध गरेका छन् । कार्यक्रम दिनको 1 बजे बाट सुरु हुनेछ भने कार्यक्रम स्थलसम्म जान दोङ्देमुन 3 न गेट अगाडि बाट निशुल्क बसको ब्यबस्था गरिने छ ।संगित र नृत्यका सम्पूर्ण विधाका समावेशी कलाकारहरुको प्रस्तुति रहको  आयोजकले जनाएका छन् 
-प्रकाशित :२३ डिसेम्बर २०१९ कोरिया 

,

0 comments

Write Down Your Responses

-->