फेन्तेक माइग्रेन्ट सेन्टर द्वारा लक्ष्मण पौडेल सम्मानित

कृष्ण पुरी २९ डिसेम्बर २०१९ कोरिया । दक्षिण कोरियामा फेन्थेक माईग्रेन्ट सेन्टरमा नेपाली समितिको नेतृत्वमा रहेर निरन्तर क्रियाशील सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै नवलपरासी निबासी इपिएस मार्फत २ वर्ष अघि कोरिया प्रवेश गरेका फेन्थेक माईग्रेन्ट नेपाली समितिका नि बर्तमान अध्यक्ष लक्ष्मण पौडेल सम्मानित भएका छन् l सामाजिक सेवामा महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्दै आज डिसेम्बर २९ तारिख माइग्रेन्ट द्वारा आयोजित आउदो नया बर्ष २०२० को उपलक्ष्यमा आयोजित नयाँ बर्ष कार्यक्रम समारोहमा सो सम्मान प्रदान भएको हो l हाल सम्मानित पौडेल फेन्तेक शहरमा माइग्रेन्ट वेलफेयर सेन्टर संग आबद्ध भएर नेपाली समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहदै आएका छन् । वहाले नेतृत्वमा रहदा आठौं समिति मार्फत विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रम हरु पनि ल्याउन सफल भए l महिला आवास गृह संचालन, राजदुतावास सङको सहकार्यमा श्रम परामर्श तथा स्वेच्छिक घरफिर्ती साथै स्वास्थ परामर्श कार्यक्रम, रास्कोट हस्पिटल आर्थिक सहयोग अभियान मा सहकार्य , फेन्थेक शहर मा पहिलोपटक नेपाली चलचित्र (ए मेरो हजुर ३ ) सफल पर्दर्शनमा सहकार्य, पहिलो एसियन फुटबल प्रतियोगिता लगाएत सिस्नुपानी नेपाल सगको सहकार्यमा मनोज गजुरेल को हास्यब्यङ्गय कार्यक्रमहरु गरि सस्थाको गरिमा लाई अझ उच्च बनाउने प्रयासहरु गरेका थिए । वहालाई वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख फेन्थेकमा आयोजित एसियन प्रबासी बहुसास्कृतिक महोत्सवमा फेन्थेक मेयर नगर प्रमुख जंग जांग सन् द्वारा पनि सम्मान गरिएको थियो l वहा स्वतन्त्र रास्ट्रप्रेमी नेपाली एकता अभियानका सक्रिय अभियन्ता पनि हुन् lसम्मानित हुदै उनले यो सम्मान सबै नेपालीको साझा सम्मान गौरव र प्रेरणा भएको बताए l माइग्रेन्ट सेन्टरवाट संचालनमा हुने हरेक गतिविधिमा सहयोग गर्दै सेन्टरको स्तरोन्नति लगाएत सो क्षेत्रमा सामाजिक कार्यक्रमहरुमा नेपाली समितिको उल्लेख्य सहयोग रहदै आएको छ । वहाले सेन्टरले महिलाको लागी आबास शेल्टर,तेक्वान्दो ,फुटबल खेल,टपिक कक्षा बिभिन्न सिपमुलक तालिम पनि संचालनमा निरन्तर ल्याएको बताउदै र माइग्रेन्ट सेन्टरका हरेक गतिविधिमा, दुख समस्या तथा परामर्शको लागी सेन्टर समक्ष सम्पर्क गरि सबैलाई लाभ लिन आह्वान समेत गरेका छन् l

0 comments

Write Down Your Responses

-->