शिवांश बचाउ अभियानमा सहयोग गर्न सामाजिक अभियन्ता जीतेन्द्रको अनुरोध

बैतडी स्थित रेडियो निङ्गलाशैनीका संचालक पत्रकार महासंघ बैतडीका सदस्य कुशल पत्रकार महेशप्रसाद अवस्थीका दुई महिने छोरा शिवांशको भारतको Dr. Rela institute and medical center liver transport hospital भारतको चेन्नाइमा करिब ५० लाख नेरु रकम खर्च गरेर कलेजो प्रत्यारोपण गरिएको छ। पत्रकार महेश अवस्थीले आफ्नो छोरा बचाउन आफ्नो कलेजो दान गरेर अराम गरिरहेको अवस्था मा शिवांशको उपचार ICU कक्षमा चलिरहेको र अझै लामो समय अस्पताल बस्नु पर्नुका साथै धेरै रकम आवश्यक परेकाले पारिवारिक स्थितिले धान्न नसक्ने स्थिति भएकाले कोरियामा रहनु हुने ईच्छुक मनकारी विभिन्न पेशा व्यवसायमा रहनु हुने श्रमिक, व्यापारी, बुद्धिजीवी, पत्रकार लगायत सम्पूर्ण महानुभावहरुलाई सहयोग गर्नका लागि शिवांश बचाउ अभियानका कोरिया अभियन्ता एवं समाजसेवी जीतेन्द्र महताले आग्रह गर्नु भएको छ । कोरियामा सहयोग गर्न चाहनु हुने महानुभावहरुले Awasthi Suresh prasad, Bank- IBK, A/C no. 22143117902014, Code-003 र नेपालमा रहनु हुने महानुभावहरुले महेश अवस्थीको बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सतबाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।
मन हुनेहरुसंग प्रयाप्त धन नभएपनि ठूलो परोपकारी मन हुने हुनाले मानवीय विपत्तिमा सबैको स-सानो सहयोगले शिवांशको जीवन रक्षा हुने भएकाले अभियन्ता जीतेन्द्र महताले सबैलाई सहयोग गर्न अपिल गर्दै सक्दो चाडो रकम आवश्यक भएकालेे पारदर्शी ढंगले सबै सहयोगी दाताहरुको नामावली मिडिया र फेसबुकबाट अपडेट गरिने जानकारी गराउनु भएको छ।
-३० डिसेम्बर,२०१९ सौलl

0 comments

Write Down Your Responses

-->