कोरियामा योग उत्प्रेरणा तथा तनाव ब्यबस्थापन कार्यक्रम हुदैँ

क्रिश बाबू (कोरिया)कोरियामा उत्प्रेरणात्मक योग शिविर,तनाव व्यवस्थापन र  खुशी कला ‘प्रशिक्षण हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाज (अनेसास) कोरिया च्याप्टरले कोरियामा सामान्य रुपमा आयोजना भैरहने कार्यक्रम भन्दा केहि भिन्न र फरक खालको कार्यक्रमको आयोजना गर्ने भएको छ ।जुन “अन्तर्राष्ट्रिय योग तथा उत्प्रेरणा प्रशीक्षण ” एवं “उत्प्रेरणात्मक प्रवचन र तनाब ब्यबस्थापन ” कार्यक्रम हो । जीवनमा खुशी प्राप्त गर्ने बिभिन्न सरलविधि,रोग उपचारका प्राकृतिक योग विज्ञानका सूत्र, तनाव व्यवस्थापन, आरोग्य प्राप्तिका प्रक्रियाहरु, हास्ययोग(Therapy)को बारेमा जानकारी गराइने छ।कोरियामा रहने नेपालीहरु बिभीन्न समस्याको कारणले गर्दा मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्ने, एवं सुतेकै ठाउमा मृत्यू हुने जस्ता अनेकौं खालका समास्याहरु झेलिरहनुपरेको ले यो समस्यालाई न्यूनिकरण र तनाव व्यवस्थापन गर्न कोरियामा रहनहुने सम्पूर्ण नेपालीहरूलाई खुसियाली दिलाउनका लागि अनेसास कोरियाले बिल्कुलै फरक खालको दुई दिने कार्यक्रम आयोजना गर्ने कूरा अनेसास कोरिया च्याप्टर का अध्यक्ष प्रमोद सारंगले जानकारी दिनु भएको छ। उक्त कार्यक्रमका लागि अस्ट्रेलिया बाट पाल्नुहुने शान्ति दुत international motivational speaker ,life coach, author and UN-WPC peace ambassadors “आचार्य राजन शर्मा ” (भीमसेन सापकोटा )ज्यू द्वारा सन्चालन हुने अनेसास कोरियाका पुर्व अध्यक्ष तथा एशिया सह सचिव क्रिश गुल्मेली बाबुले जानकारी दिनुभयो।उक्त कार्यक्रमको पहिलो दिन 18 जनवरी , 2020 सनिबार को साझ 6:00 बजे देखि “अन्तर्राष्ट्रिय योग तथा उत्प्रेरणा प्रशीक्षण ” र दोस्रो दिन 19 जनवरी,2020 आईतबार को बिहान 11:00 बजे देखि ” उत्प्रेरणात्मक प्रवचन र तनाब ब्याबस्थापन ” सम्बन्धि कार्यक्रम हुनेछ।अनेसास कोरियाले कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा गरेको छ । यो अति महत्त्वपूर्ण कार्यक्रमको संयोजक,ब्यावस्थापन र स्पोन्सर शुभेच्छा रेस्टोरण्ट संचालिका तथा समाजसेवि जुनू गुरुङ्गले गर्नुभएको छ। अनेसास कोरियाले २०१७ मे महीनामा २ दिने एशिया सम्मेलन गर्दा एक घण्टा समय निकाली तनाव ब्यावस्थापन(मोटिभसनल) बारे जानकारी दिनुभएको थियो l उक्त समयमा प्रचार प्रसार नगरी कार्यक्रम गरेपनि ३५-४० जनाको उपस्थितिले कार्यक्रम गज्जव भएको र फ़ेरी पनि समय मिलाएर बोलाऊन सबैले आग्रह गरेको जानकारी क्रिश बाबुले दिनुभयो। यस कार्यक्रमलाई भव्य रुपमा सफल पर्नको लागि कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबैनिहरू,समाजसेवी,पत्रकार,ब्यावसायी र सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरूलाई उपस्थितिको लागि सादर निमंत्रणा गर्दछौं।  स्थान:~ शुभेच्छा रेष्टुरेन्ट,दोङ्देमुन: असमर्थता को लागि:~ कृष गुल्मेली बाबु~ 01059451937 प्रमोद साराङ् ~ 01068748504 जुनु गुरुङ ~ 01091434557 लोकराज न्यौपाने ~ 01064924840

,

0 comments

Write Down Your Responses

-->