म यस्तो गर्छु तिमीलाई - गजल

बिकाश  गोतामे "बिबस "
"गजल"
मजदुरी गर्छु, कडा मेहनत गर्छु!
थोपा थोपा सँगाली, बचत गर्छु!!
सँसारको खुसी दिनेछु तिम्लाई!
माया त हर पल, हरबखत गर्छु!!
मरीलानु जीबनमा के छ र सानु!
तिम्रो चाहाको सधै, ईज्जत गर्छु!!
दुई ज्यानको दुरी टाढा भएपनी!
यादहरु बनी आवत,जाबत गर्छु!!
तिम्रै लागी ज्युछु मर्छु कसम भो!
दुख र पीडामा हरपल, मद्दत गर्छु!!

0 comments

Write Down Your Responses

-->