कास्की परिवारको अक्टोबर ३० मा हुने भनिएको साधारणसभा स्थगित

कास्की परिवार,द.कोरियाको अक्टोबर ३० तारिख आइतबार हुने भनिएको साधारणसभा विशेष कारणवश स्थगित गर्नुपरेको छ। अक्टोबर ३० आइतबारको दिन नेपाल हाउसमा साधारणसभा गरिने भनेर विभिन्न संचार माध्यमहरुमा प्रचारप्रसार गर्दै तयारी गरिरहेको अवस्थामा सोही दिन नेपाल हाउसमै नेवा पुच: द्वारा राष्ट्रिय पर्वको रूपमा प्रत्येक वर्ष मनाउदै आइरहेको नेपाल सम्बत पर्व मनाउने भए पछि आपसी समझदारीमा कास्की परिवारले आफ्नो साधारणसभाको कार्यक्रम अर्को मिति तय नहुँदासम्म स्थगित गरिएको अध्यक्ष खोम गुरुङ्गले बताउनुभयो। बिदेशी भूमिमा पनि हामी नेपालीहरुको संस्कार,संस्कृति,रीतिरिवाज र पर्वहरुको संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रको पहिचानको निमित्त नेवा पुच:द्वारा आयोजना गरिएको नेपाल सम्बत सम्पूर्ण नेपालीहरुको राष्ट्रिय पर्व भएकोले यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य भएकोले आपसी सद्भाव,सहयोग र समझदारीको भावानाले उक्त दिन नेवा पुच: को कार्यक्रमलाई सफल बनाउनको लागि कास्की परिवारको साधारणसभा नगरिने कुरा अध्यक्ष गुरुङ्गले जानकारी गराउँदै यसबाट कस्केली दाज्युभाइ तथा दिदीबहिनीहरु लगायत कास्की परिवारका शुभचिन्तकहरुमा पर्न गएको असर र असुविधा प्रती कास्की परिवार क्षमा याचना गर्दै छिट्टै नै कार्यसमितिको बैठकबाट अर्को मिति,स्थान र समय तय गरि यहाँहरु समक्ष सूचना जारी गर्ने प्रतिबद्धता पनि यसै समाचार मार्फत जानकारी गरिएको छ l

0 comments

Write Down Your Responses

-->