माघे संक्रान्ति रमाइलो साँझको सम्पूर्ण तयारी पुरा

नमस्ते नेपाल कोरिया सम्बाददाता
नेपाल मगर दक्षिण कोरिया द्वारा मगरहरुको महान पर्व मकर संक्रान्तिको अवसरमा आयोजित  "माघे संक्रान्ति रमाइलो साँझ तथा बिशेष सम्मान कार्यक्रम २०१५"को सम्पूर्ण तयारी पुरा भएको छ।"चाड पर्व हाम्रो सम्पत्ति,बचाऔ नल्याउ बिकृति'भन्ने नाराका साथ राजधानी सउलको दोङदेमुन स्थित लक्ष्मी रेष्टुरेन्टमा आउदो १७ तारिक शनिवार सो रमाइलो कार्यक्रम आयोजना हुदैछ।सके सम्म संक्रान्तिमा खाइने परिकारहरुको बन्दोबस्त गरिएको कार्यक्रम ब्यबस्थापन प्रमुख होबिर थापा मगरले जानकारी दिनुभएको छ।रमाइलो साँझमा चर्चित स्थानीय कलाकारहरु द्वारा लोक,आधुनिक,पप,लाइभ दोहोरी,सालैज्यो,झ्याउरे,गोर्खाली कौडा, हुर्रा,नृत्य लगायतका पूर्व पश्चिमलाइ जोड्ने परम्परागत संस्कृति झल्किने प्रस्तुतिहरु पस्किने सांस्कृतिक कार्यक्रम संयोजक स्निका थापा मगरले जानकारी दिनुभएको छ।

      संघका बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले पहिले पहिलेको कार्यक्रममा झै यसपालि पनि उल्लेख्य मात्रामा पाहुनाहरु उपस्थित हुने बिश्वास गर्नुभएको छ।बर्ष भरि संघलाइ बिभिन्न माध्यमबाट सहयोग हौसला दिनु हुने ब्यक्तिहरुलाइ सम्मान पनि गरिने हुनाले यो कार्यक्रम बिशेष महत्त्वपूर्ण रहेको थापाले जोड दिनुभयो।त्यसै गरी यसै दिन १७ तारिक शनिवार नमस्ते रेस्टुरेन्ट किम्हेमा मगर अगुवाहरु के.बी.पुन मगर र कर्ण पुनको बिशेष अगुवाइमा बुसान-किम्हे मगर संघ द्वारा माघे संक्रान्ति रमाइलो कार्यक्रम आयोजना गरिएको हुनाले अध्यक्ष पुरन राना मगरले सफलताको शुभकामना सन्देश पठाउनु भएको छ।साथै आफुलाई पायक पर्ने कार्यक्रममा उपस्थित भइ कार्यक्रम भब्य रुपमा सफल पारिदिनु हुन कोरियामा रहनुहुने सम्पूर्ण मगर तथा नेपाली समुदायलाई हार्दिक आब्ह्वान गर्नु भएको छ।
अन्य जानकारीको लागि सम्पर्क-
सौल
पुरन राना मगर-मगर-०१०-२७४८-५५९५
खड्ग थापा मगर-०१०-२१५८-२३९८
अर्जुन थापा मगर-०१०-७२६४-१०१५
हिक्मत पुलामी मगर-०१०-२७४७-६३२९
बुसान-किम्हे
कर्ण पुन मगर ०१०-६८७०-७४२.
के.बि.पुन मगर.०१०-२७४३-२४२६

0 comments

Write Down Your Responses

-->