ओएनएफ कोरिया द्वारा नेपाल हाउसलाइ १० लाख ५१ हजार वन सहयोगको घोषणा ।

नमस्ते नेपाल कोरिया डट कम 
प्रबासी नेपाली मन्च ( ओएनएफ ) दक्षिण कोरियाले नेपाल हाउस निर्माणको लागी १० लाख ५१ हजार कोरियन वन रकम सहयोग गर्ने घोषणा गरेको छ ।

ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउलेका अनुसार गत डिसेम्बर २१ तरिखको ओएनएफ कोरियाको केन्द्रिय बैठकको निर्णय अनुसार यस्तो घोषणा  गरिएको हो । बैठकले  नेपाल हाउसको सहयोगार्थ सालनालमा हुन लागेको  साङगितिक महा मेलालाइ भब्य  रुपमा सफल पार्न  सक्दो सहयोग गर्न सबै क्षेत्रीय कमिटिहरुलाइ निर्देशन समेत गरिसकेको छ ।
ब्यबस्थित र दिर्घकालिन नेपाल हाउस निर्माण गर्ने उद्देस्य साथ दस करोड वन सन्कलन अभियानको नेपाल हाउस ब्यबस्थापन  समितीमा समेत रहेको ओएनएफले आफ्नो भुमिकालाइ नेपाल हाउस निर्माणमा  प्रभाबकारी ढंगले निर्बाह गर्ने जनाएको छ ।
ओएनएफका सचिब दिपेन्द्र अधिकारिका अनुसार नेपाल हाउस निर्मण जस्तो पबित्र कामको लागी बढी भन्दा बढी रकम सहयोग गर्नु हामी सबैको कर्तब्य भएकोले यस्तो निर्णय गरिएको हो ।

 ओएन एफले चौथो अधिबेशन पछि कोरिया प्रबासको हरेक सामाजिक काममा  आफ्नो गतिबिधी बढाउदै लगेको छ । अधिकारिले भन्नु भयो -  मजदुरका समस्या देखी हरेक सामाजिक काममा सबै संघ सस्था सङ्ग हातेमालो गर्दै अगाडी बढ्ने निति ओएनएफले लिएको हुदा सङठनको भबिष्य उज्वल रहेको छ 

0 comments

Write Down Your Responses

-->