ब्रेन ट्युमरका बिरामी सूर्यकुमार क्षेत्रीको सहयोगको लागि अनुरोध

नमस्ते नेपाल कोरिया संवाददाता 
प्रेस युनियनले ब्रेन ट्युमरको नेपालमा सफल शल्यक्रिया भई थप उपचारका लागि दिल्लीमा भर्ना भएका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि सहयोग गर्न सहयोग कोष खडा गरेको छ।

युनियनका कोषाध्यक्ष सरोज अधिकारीले एक विज्ञप्ति जारी गरी युनियनका सचिव समेत रहेका पत्रकार एवम् गीतकार क्षेत्रीको उपचारका लागि सहयोग गर्न राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको 'सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष' नामक खातामा सहयोग गर्न सवैमा अपिल गरेका हुन्।

'एउटा श्रमजीवी पत्रकारको उपचार सहयोगका लागि विदेशबाट (SWIFT : RBBANPKA – 113000371901)  नम्बरको खातामा सहयोग गरिदिनुहुन र स्वदेशबाट (3719)  नम्बरको खातामा सहयोग उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु, विज्ञप्तिमा भनिएको छ । अधिकारीले पत्रकार क्षेत्रीको उपचारमा सहयोग गर्न  युनियनले खडा गरेको सहयोग कोषमा सहयोग जम्मा गरी दिन आग्रह समेत गरेका छन्।
 विज्ञप्तिमा भनिएको छ,  यसै गरि नेपाली कांग्रेस  भातृ सङ नेपाली जनसम्पर्क समिती कोरियाले पनि सहयोग अभियान सुरुगरेको छ | नेपाल प्रेस युनियनका सचिव श्रमजीवी पत्रकार  तथा गीतकार सूर्य कुमार क्षेत्रीको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा  ब्रेन ट्युमरको शल्यक्रिया पश्चात्  डाक्टरको सल्लाह बमोजिम करिव ४५ दिनको थेरापी दिल्लीस्थित बिएलके हस्पिटलमा चलिरहेको छ । पत्रकारीतासंगै गीत संगीतको  माध्यमबाट राष्ट्रलाई योगदान गर्दै आउनु भएका क्षेत्रीको उपचार  मंहगो भएकाले परिवारको आर्थिक स्थितिबाट धान्न सक्ने  अवस्था छैन ।    कुशल पत्रकारका साथै संगीतकर्मी क्षेत्रीले सयौं लोक तथा दोहोरी तथा आधुनिक गीतहरु रेकर्ड भएका छन् जसमध्ये चर्चित गीतहरुमा डाली पलायो, उडी जाने जेट, धानको सिरौला , धोका दिनेलाई के भनु र खोइ, लगायत दर्जनौ गीत रहेका छन् । श्रमजीवी  पत्रकार सुर्य कुमार क्षेत्रीको उपचारको लागि नेपाल सरकार, मन्त्री परिषदको बैठकले ५ लाख सहयोग गर्ने निर्णय गरेको छ यसै गरि  नेपाल पत्रकार महासंघ ,नेपाल प्रेस युनियन, अन्नपूर्णका पत्रकारहरुबाट, रासस पत्रकार, नयाँ पत्रीका , लोक दोहोरी प्रतिष्ठान लगायत अन्य संघ सस्थाले सक्दो सहयोग गरि सकेको छ ।
 अहिले दिल्लीमा क्षेत्रीको थेरापी चलिरहेको अवस्थामा  नेपाली जनसम्पर्क समिति द. कोरियाले उपचारमा सहयोग गर्ने हेतुले समितिका सह- महामन्त्री जीतेन्द्र महताको संयोजकत्वमा छिटो भन्दा छिटो आर्थिक संकलन गरेर रकम पठाउने निर्णय गरेको जानकारी समितिका सभापती नबराज शिवाकोटीले बताउनुभयो। स्मरण रहोस नेपाली जनसम्पर्क समितीले कोरियामा हरेक परोपकारी अभियानमा सहयोग गर्नुका साथै रोल्पाका ११ वर्षे व्लड क्यान्सर पीडित भुवन घर्ती मगरलाई आर्थिक सहयोग संकलन गरेर नेपाल पठाई सकेको छ ।पत्रकार सुर्य कुमार क्षेत्रीको उपचार पारिवारिक हैसियतभन्दा बाहिर   भएकाले नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया स्वदेश र विदेशमा बस्नु हुने  पत्रकार, विद्यार्थी, गीत संगीतप्रेमी, बुद्धिजीवी लगायत हितकारी महानुभावहरुले सक्दो आर्थिक सहयोग गरि दिन हुन हार्दिक अपिल गर्दछ । कोरियामा आर्थिक सहयोग सम्बन्धि राय,सल्लाह, सुझाव र सहयोगको लागि  देहाय बमोजिमका व्यक्तिलाई सम्पर्क गरि संयोजक जीतेन्द्र महताको तल दिईएको खातामा रकम ट्रान्सफर गर्न सक्नु हुनेछ ।

सम्पर्क व्यक्ति:

संयोजक : जीतेन्द्र महता  -010 49681449

सहयोगको लागि :

A/c no. -92000243801010, Name - 신그 , Bank - IBK, Code no.03

 पुनश्च : सहयोगी दाताहरुको विवरण नेपाली जनसम्पर्क समिति ,दक्षिण कोरियाको  फेसबुक र अन्य अनलाईन मिडियाहरु मार्फत सार्वजनिक गर्ने र सहयोग हस्तान्तरणको प्रमाण दाताहरु समक्ष पुर्याउने प्रतिवद्धता जाहेर गर्दछ ।

0 comments

Write Down Your Responses

-->