कोरिया द्वारा यो बर्षको श्रम सम्झौता दिदै

२३ फेब्रुवरी ,२०१६ ,कोरिया 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१६ को श्रमसम्झौता दिन सुरु गरेको छ । ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि तालिका प्रकाशन गरेको हो ।
कोरियाको मानव संशाधन विकास (एचआरडी)ले सन् २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ । झण्डै २ लाख रुपैयाँ मासिक कमाइ हुने भएकाले कोरियालाई आकर्षक रोजगार गन्तव्य मुलुकको रूपमा चिनिन्छ ।
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले १६ मुलुकमा पहिलो चरणअन्तर्गत जनवरीदेखि मार्चसम्मका लागि उत्पादनमूलक क्षेत्रमा ९ हजार ९६०, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार ५४०, मत्स्यपालन क्षेत्रमा १ हजार ४२०, निर्माण क्षेत्रमा १ हजार ४७० र सेवा क्षेत्रमा ९० जना कामदार ल्याउने तयारी गरेको छ । जनवरी ४ देखि १९ सम्म रोजगारदातालाई आवेदन वितरण गरेको थियो भने फेब्रुअरी ४ मा नतिजा प्रकाशन गरेको थियो ।
दोस्रो चरणका लागि अप्रिलदेखि जुनसम्म उत्पादनमूलक क्षेत्रमा ९ हजार ९६० तोकिएको छ ।  अप्रिल १ देखि १४ सम्म रोजगारदातालाई आवेदन वितरण, २२ मा नतिजा प्रकाशन, रोजगार अनुमति जारी २६ देखि २८ सम्म र लेबर कन्ट्रयाक्ट वितरण मे ९ र १० मा गर्ने व्यवस्था गरेको छ ।
तेस्रो चरणका लागि जुलाइदेखि सेप्टेम्बरसम्म उत्पादन क्षेत्रमा ६ हजार ६४०, कृषि क्षेत्रमा २ हजार ३६०, मत्स्यपालनमा ९४० र निर्माण क्षेत्रमा ९८९ ल्याइनेछ । जुलाइ १ देखि १४ सम्म रोजगारदातालाई आवेदन वितरण र  २२ मा नतिजा प्रकाशन हुनेछ भने रोजगार अनुमति जारी २६ देखि २९ सम्म र लेब्र कन्ट्रयाक्ट वितरण हुनेछ ।
अन्तिम चरणमा अक्टोबरदेखि डिसेम्बरसम्मका लागि उत्पादनमूलक क्षेत्रमा ६ हजार ६४० कोटा तोकिएको छ । माग बढी भएको खण्डमा थप २ हजार ल्याउने एचआरडीको योजना छ ।
दक्षिण कोरियाले सन् २०१६ का लागि ५८ हजार आप्रवासी कामदार कोटा निर्धारण गरेको थियो । यसमध्ये २ हजार कोटा कामादार माग बढी भएमा ल्याइनेछ । माग नआए ५६ हजारमात्र ल्याइनेछ । यहाँको ज्याला निर्धारण समितिले सन् २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो ।
रोजगार तथा श्रम मन्त्रालयअन्तर्गतको आप्रवासी मजदुर कार्यान्वयन समितिले कोटा निर्धारण गर्छ । साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूति गर्न सरकारले हरेक वर्ष कोटा निर्धारण गर्ने गर्छ । ५८ हजारमध्ये ४६ हजार नयाँका लागि र १२ हजार पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ । उत्पादनमूलक क्षेत्रमा ३३ हजार २००, कृषि क्षेत्रमा ५ हजार ९००, निर्माण क्षेत्रमा २ हजार २५० जना, मत्स्यपालनमा २ हजार ३६० र सेवा क्षेत्रमा ९० जनाको कोटा तोकिएको छ । नेपालीका लागि उत्पादनमूलक र कृषि क्षेत्रमात्र उपलब्ध छ । जनवरीदेखि मार्चसम्म उत्पादनमूलक क्षेत्रमा ९ हजार ९६०, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार ५४०, मत्स्यपालन क्षेत्रमा १ हजार ४२०, निर्माण क्षेत्रमा १ हजार ४७० र सेवा क्षेत्रमा ९० जना ल्याइनेछ ।
पुनः प्रवेशका छुट्याइएको १२ हजारमध्ये उत्पादनमूलक क्षेत्रमा ११ हजार, कृषिमा ७००, मत्स्यपालनमा २४०, निर्माणमा ५० र सेवा क्षेत्रमा १० जना ल्याउने योजना छ ।

0 comments

Write Down Your Responses

-->