नर्वेमा जनसम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न
ऐश्वर्य श्रेष्ठ ,नमस्ते नेपाल कोरिया कम
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिका सदस्य श्री गुरुराज घिमिरे ज्यूको प्रमुख आतिथ्य तथा केन्द्रिय प्रतिनिधि एवं जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष श्री चिन्तामणि सापकोटा ज्यूको विशेष आतिथ्यमा नर्वेको राजधानी ओस्लो स्थित सोङ्ग स्टुडेन्ट भिलेजमा गत मिति २०१४ डिसेम्बर २४ तारिखका दिन सम्पन्न भएको जनसम्पर्क समिति नर्वेको प्रथम अधिवेशनले श्री जीवनबहादुर शाही (प्रविन) को अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्य समितिको सर्वसम्मत रुपले चयन गरेको छ।
जसमा जीतेन्द्र शाही वरिष्ठ उपाध्यक्ष, टेकराज भट्ट उपाध्यक्ष, सुदिपराज पाण्डे र केशव पुरी महामन्त्री, मधुसुधन पौडेल र नारायण थापा सह-महामन्त्री, विष्णुप्रसाद सापकोटा कोषाध्यक्ष, रमादेवी अर्याल सह-कोषाध्यक्ष र गीता बराल ज्ञवाली, कृष्ण खाम्चा मगर, कविन्द्र ढकाल, अर्चना अधिकारी, शिवलाल आचार्य, देवेन्द्र केसी, मनहरी सापकोटा (गोपाल) लगायतका सदस्य हुनुहुन्छ। उक्त अधिवेशनमा नेपाल तरुण दलका केन्द्रिय सदस्य टेकराज पौडेल, एन आर एन नर्वेका कार्यवाहक अध्यक्ष कुमार पण्डित, ओभरसीज नेपलिज फोरमका उपाध्यक्ष अमरबहादुर सिंह, नेपलिज स्टुडेन्ट कम्युनिटीका इन ओस्लोका प्रतिनिधि सन्तोस पौडेल, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेका प्रतिनिधि विष्णुप्रसाद ज्ञवालीले अतिथ्यता ग्रहण गर्दै अधिवेशनको पूर्ण सफलताको लागि हार्दिक शुभकामना तथा मन्तव्य दिनु भएको थियो। अन्त्यमा, नव-निर्वाचित अध्यक्ष श्री जीवनबहादुर शाही (प्रविन) ले अधिवेशन सफल पार्न सहयोग गर्नु हुने निर्वाचन समितिका संयोजक कृष्णप्रसाद सापकोटा र उनको टिम, सम्पूर्ण साधारण तथा क्रियाशील सदस्यहरु, तदर्थ समिति आदि सबैलाई धन्यवाद दिनु हुदै आगामी दिनमा नर्वेको प्रचलित नियम र कानूनको परिधि भित्र रहेर सामाजिक र राजनीतिक गतिविधिहरु अगाडी बढाउने कुरा बताउनु भयो।

0 comments
Write Down Your Responses