कोरियन एसवाई प्यानलको प्रयोग गरि रोहिणी हाउजिङले हेटौंडामा सामूहिक घरहरु निर्माण गर्दै

नमस्ते नेपाल कोरिया संवाददाता -
एसवाई प्यानलको प्रयोग गरि रोहिणी हाउजिङ तथा सप्लायर्स प्रालिले हेटौंडामा भूकम्पप्रतिरोधात्मक आधुनिक डिजाइनको घरहरु निमार्ण कार्य सुरु गरेको छ ।
नमुना फोटो 

प्रदेश नं ३ को राजधानी समेत रहेको हेटौंडा बजारबाट १० किमि पूर्वबाट आईरहेको धरानचतराको मुख्य बाटो संग जोडिएको हेटौंडा १७ हटिया रामनगर चोकमा घरहरुको निमार्ण भइरहेको प्रालिका संचालक ध्रुव घिमिरेले बताए ।पहिलो पटक हेटौंडामा सामूहिक घरहरुको निमार्ण गर्न लागेको र अहिले ५० घरहरु निमार्ण कार्य सुरु गरिएको घिमिरेले बताए ।


जग्गाको क्षेत्रफलको आधारमा एटेज बाथरुम सहित २ बेडरुम, १ किचेन र एक बैठक कोठा सहित चार कोठाको तयारी घरहरु ४५ लाख देखि ६० लाख सम्ममा खरिद गर्न सकिने सञ्चालक शम्भु पुडासैनीले बताए । घर खरिद गर्नको लागि बैकिङ सुविधा सहित रहेको पुडासैनीले बताए ।

निमार्ण हुन लागेको घरहरुको विशेषताबारे बताउदैं घिमिरेले विश्व प्रशिद्ध कोरियन कम्पनी एस.वाई प्यानलद्धारा उत्पादित वस्तुहरु जडान गरिएको, हरियाली अवधारणा, सोलार सडक बत्तिको व्यवस्था भएको, खानेपानीको व्यवस्था भएको, जोखिम मुक्त विद्युतिय तारको व्यवस्था र निकास बाटो भएको र धरानचतरा बाटो संग जोडिएको २० फुटको पिच सडक भएको बताएका छन् ।रोहिणी हाउजिङले   विगत लामो समयदेखि मकवानपुरको विभिन्न स्थानमा हाउजिङको कार्य गर्दै आईरहेको छ l रोहिणी हाउजिङ प्रा.लिले बारा जिल्लाका लागि एसवाई प्यानल नेपालको  आधिकारी डिलर लिएका छन् l

0 comments

Write Down Your Responses

-->