कास्की परिवारले सेप्टेम्बर १६ मा तिज मनाउदै


अमृत बास्तोला 
२० अगस्त  २०१८ कोरिया l 
कास्की परिवार दक्षिण कोरिया ले आउदो सेप्टेम्बर १  तारिक आयोजना गर्ने भनेको तीज कार्यक्रम विशेष कारण बस सेप्टेम्बर १६  तारिक आईतबारको लागि सरेको छ।
नेपाली नारिहरुको महान पर्व हरितालिका तीज को शुभ अवसर पारेर कास्की परिवार कोरियाले कोरियामा रहनुहुने सम्पुर्ण कस्केली चेलीबेटी लाई सामुहिक दर खुवाउने कार्यक्रम तय गरेको हो।सुरुमा सेप्टेम्बर १  तारिक को लागि तय गरिएको कार्यक्रम लाई कोरियामा रहनु भएका नेपाली महिला हरुको सामुहिक सस्था वोमन फर वोमन ले सेप्टेम्बर २  तारिक मा तीज कार्यक्रम राखेको हुदा दुबै तर्फ एकै जस्तो समयमा आयोजना गरिदा, कार्यक्रम जुध्न जाने र यस्ले गर्दा कार्यक्रम मा सहभागी हुन चाहानु हुने को समय ब्यबस्थापन मा पुग्ने असहजता लाइ मध्यनजर गर्दै सेप्टेम्बर १६ तारिक को लागि सारिएको जानकारी सस्थाका अध्यक्ष दिल जलारी पाशा ले दिनु भयो ।कास्की ले आयोजना गर्ने उक्त कार्यक्रम मा कोरियामा रहनु हुने सम्पुर्ण पेसाकर्मी विद्यार्थी तथा व्यवसायी कस्केली चेलीबेटी हरु तथा सम्पूर्ण दाजुभाइ हरु लाई उपस्थित भइदिनु  भै आपसी सदभावना,भाइचारा तथा भातृत्व को बढाउन सहयोग गरिदिनु हुन सस्था का अध्यक्ष पासाले आग्रह गर्नु भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर १६ तारिक आइतबार सउल दोङ्देमुन स्थित अन्नपूर्ण सान रेस्टुरेन्ट मा दिनको ठिक 11:30 बाट 5:30 सम्म हुने छ।
यसैबिच कास्की परिवार दक्षिण कोरिया को पाचौ अधिवेशन तथा नया कार्यसमिति को चयन पनि आउदै गरेको कोरियन पर्ब छुसक को दोस्रो दिन अर्थात सेप्टेम्बर 25 तारिक मा सउल स्थीत नेपाल हाउसमा हुन् गैरहेको हुदा कोरिया मा रहनु हुने सम्पुर्ण कस्केली दाजुभाइ दिदिबहिनी हरुलाइ उपस्थित भै अधिबेशन सफलता का साथ सप्पन्न गर्न सहयोग गरिदिनु हुन पनि अध्यक्ष पासा ले आग्रह गर्नु भएको छ।

,

0 comments

Write Down Your Responses

-->