नेपाल आईडलमा जादुको गोल्डेन माइक मिनराजले यसरी चुमे

लेखनाथ पराजुली 
२० अगस्त २०१८ l चितवन 
चितवन रत्ननगरका मिनराज पौडेल ‘नेपाल आइडल सिजन २’ मा गोल्डेन माइक पाउँदै सोझै गाला राउन्डमा छिरेका छन् । नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले गोल्डेन टिकटसँगै गोल्डेन माइक पाउँदै सोझै गाला राउन्डमा प्रवेश गरे ।

नेपाल आइडल सिजन २’ कार्यक्रममा उनले तीन–चारवटा गीत गाएका थिए । कार्यक्रमका तीन जुरी संगीतकार न्ह्यु बज्राचार्य र कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी मिनराजको स्वर सुनेर निकै खुसी भएका थिए । अडिसन राउन्डमा गितार बजाएर गीत गाएपछि तीनवटै जुरीले सिधै गाला राउन्डमा पठाइदिए । नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी हुन् । २५ वर्षीय मिनराज पेसाले शिक्षक हुन् । उनले गोल्डेन माइक जितेर सीधै गाला राउन्डमा पुगेको श्रेय आफ्ना बाबु, परिवार र साथीभाइलाई बाँडेका छन् । ‘पेशाले शिक्षक हुँ तर सानैदेखि संगीतप्रति रुची र लगाव छ, बुवाले सानैबाट गाउने गरेकाले मलाई प्रेरणा मिल्यो’, उनले भनेका छन्, ‘नेपाल आइडल एउटा प्लेटफर्म हो, मेरो र परिवारको सपना पुरा गर्ने माध्यम हो ।’

‘नेपाल आइडल’ प्रथम संस्करणको अपार सफलतापछि यसको दोश्रो संस्करणका कार्यक्रमहरु एपिवान टेलीभिजनबाट बिहिबार र सुक्रबार गरेर हप्तामा दुई दिन प्रसारण भइरहेको छ । हिजो बिहीवार मात्र प्रसारित एपिसोडमा हेटौँडा अडिसन सम्पन्न भएको छ जसमा थुप्रै प्रतिस्पर्धिहरु अडिसन दिनकालागि उत्साहित रुपमा आएका थिए । तिनै प्रतिस्पर्धीको लाईनमा मिनराज पौडेल नेपाल आइडल सिजन–२ को अडिसन दिनका लागि गितार बोकेर मकवानपुरको हेटौँडा पुगेका थिए l वहाले अबको प्रतिष्पर्धात्मक राउण्डमा सबैले अमुल्य भोट दिई अगाडि बढाउन उनको सपना विपनामा परिणत गराईदिनुहुन सबैलाई अनुरोध गर्नुभएको छ l 
मिनराजको प्रस्तुति :-

Minraj Poudel Singing 'Gainey Dajaile' in Nepal Idol #GoldenMicWinner #HetaudaAudition




मिनराजको प्रस्तुति :-

Minraj Poudel Singing 'Gainey Dajaile' in Nepal Idol #GoldenMicWinner #HetaudaAudition



, ,

0 comments

Write Down Your Responses

-->