लोकराजले चोखो माया साच्नै सकेनन

नमस्ते नेपाल कोरिया सम्बादाता  
२३ अगस्त  २०१८ 
दक्षिण कोरिया l
दक्षिण कोरियामा नेपालीहरु आफ्नो काम सगसगै बिभिन्न खाले  सिप ,क्षमता र आफ्नो रुची क्षेत्रमा लागेर एउटा न एउटा रचनात्मक कार्य गरिराखेका हुन्छन l कोहि सिप ,कोहि सामाजिक सेवा त कोहि गीत संगीत मा लागेर प्रबाशमा रहेतापनि नेपाली गीत संगीतलाई पृथक स्वाद प्रदान गर्नको निम्ति महत्वपूर्ण योगदान दिइरहेका छन l यसै क्रममा कोरियामा कार्यरत लोकराज न्यौपाने ले पनि लोक गित  "चोखो माया साच्न सक्दिन... "मा एक अभिनय पस्किन भ्याएका छन् l गीत संगीत ,मुक्तक साहित्यमा असाध्यै मोह राख्ने लोकराज हालै  छोटो नेपाल बसाईको क्रममा उक्त प्रस्तुति पस्केका हुन् l 
जसमा अस्मिता उपाध्याय ले उनलाई साथ दिएकी छन् l लोकराज सनातन साहित्य संगीत साधना समुह पाँच ' स' का उपाध्यक्ष,नेपाल मुक्तक प्रतिष्ठान कोरियाका कोषाध्यक्ष,अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)का सक्रिय सदस्य साथै बिभिन्न साहित्य ,संगीत र सामाजिक क्षेत्रमा समेत अग्रसर छन् l आफ्नो मोडल अभिनय तर्फ पहिलो प्रयास भएकोले सम्पूर्ण दर्शक माझ रचनात्मक सल्लाह सुझाब सहित अगाडि बढ्नमा हौशला प्रदान गरिदिनुहुन पनि अनुरोध गरेका छन् l
अशोक बिरही मगर र कृष्ण परियारको सुमधुर आवाजको उक्त गितमा सगीत प्रकाश भण्डारी , लय प्रकाश मगर को रहेको छ l रुद्र गङ्गा म्युजिक  प्रालिको प्रस्तुतिमा सो  भिडियो  प्रकाश ढकालको निर्देशनमा अमृत पन्थीले तयार पारेका हुन् l 

New Nepali Latest Lok song 2075 || CHOKHO MAYA || 

, ,

0 comments

Write Down Your Responses

-->