कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यलय

रमेश खावाजु -
कपिलवस्तुमा  एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको  कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ  l

बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो l बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा शुक्रबार बिहान ११ बजे  सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो l  नगरपालिकाका मेयर केशब श्रेष्ठले  शुभकामना दिंदै एसवाई प्यानलको बारेमा आफुले जानकारी लिईरहेको तथा नगरपालिकामा यस प्यानलको बारेमा छलफल गर्ने बताउनुभयो l त्यस्तै एसवाई प्यानल नेपालका कोरियन निर्देशक छे दोङग इलले बुद्धभूमि एसवाई प्यानल सप्लायर्सलाई शुभकामना ब्यक्त गर्दै डिलरको बजार विस्तारमा एसवाई प्यानल नेपालले सक्दो सहयोग गर्ने बताए l

 बिगत ४ बर्ष देखि बिभिन्न घरहरु निर्माण गर्दै बुद्धभूमि एसवाई प्यानल सप्लायर्सका प्रोपाइटर समिर खनालले कपिलवस्तुमा कोरियन प्रबिधिद्वारा तयार गरिएको एसवाई प्यानलले तिब्रगतिमा बजार लिने बिश्वास ब्यक्त गरे l  उक्त कार्यक्रममा नगरपालिकाका मेयर केशब श्रेष्ठ ,एसवाई नेपालका कोरियन  निर्देशक छे दोङग इल ,एसवाई प्यानल नेपालका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फे ,व्यवसायीहरु तथा समाजसेवीहरु सहभागी भएका थिए l

0 comments

Write Down Your Responses

-->