अब नेपालमा १२ लाखमा ४ कोठे घर बन्ने

नमस्ते नेपाल कोरिया संवाददाता -
चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।
रत्ननगरस्थित १४मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ ।
शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ ।
कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।
४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको कार्यकारी निर्देशक छे दोङ्ग इलले जानकारी दिए  ।दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ ।

अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए ।महाप्रबन्धक सम्बाहाम्फेले नेपाली ग्राहकको गच्छे अनुसार १२ लाख रुपैयाँ सम्ममा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने  बताए ।


यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन,बिद्यालय,अस्पताल,ह्याचरी,हाइड्रोपावर, एयरपोर्ट,रंगशाला,जीम हल,सैनिक प्रहरी क्याम्प,कारखाना,होटेल,रिसोर्ट,डिपार्टमेन्ट स्टोर,पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।

0 comments

Write Down Your Responses

-->