मोक्पोसाम्हो साझा चौतारी नेतृत्वमा सुन्दर सुबेदी


मोक्पो साम्हो साझा चौतारी नेपाल को दोश्रो अधिवेसन सुन्दर सुबेदीको नेतृत्वमा कार्य समिति चयन /
नमस्ते नेपाल कोरिया सम्बादाता
६ अगस्त २०१८ कोरिया l


दक्षिण कोरियामा नेपाली दाजुभाई दिदि बहिनि हरु को आपसी मेलमिलाप लाइ अझ दरिलो बनाउदै मोक्पो मा कार्यरत सम्पूर्ण नेपाली हरुको साझा सस्था मोक्पो साम्हो साझा चौतारी को दोश्रो अधिवेसन भब्य र सव्य रुप ले सम्पन्न भएको छ /

अधिवेसन २ चरणमा संचालन भएको र जसमध्य पहिलो चरणमा सस्था का अध्यक्ष अरुण सेजवल को सभापतित्व मा औपचारिक कार्यक्रम सुरुवात भएको थियो र औपचारिक कार्यक्रम मा सस्था का महासचिव सुन्दर सुवेदी ले सस्थाले गरेको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कार्यबाहक कोसाध्यक्ष खेम राज भट्ट ले गर्नु भएको थियो साथै औपचारिक कार्यक्रम सस्था का सचिव विधान तामांग ले संचालन गर्नु भएको थियो / सस्था आगामी दिन मा अझ मजबुत र सम्पूर्ण नेपाली को हित का लागि कार्य गर्दै जावोस साथै आफ्नो कार्यकाल मा भएको कार्य संगै आझ जोश र जागर सहित सस्था आगाडी बढोस भन्दै नव आगन्तुक कार्य समिति लाइ अग्रिम सुभकामना दिदै सस्था का अध्यक्ष अरुण सेजवाल ले औपचारिक कार्यक्रम लाइ समापन गर्नु भएको थियो /

औपचारिक कार्यक्रम सकिय लगत्तै पहिलो कार्य समिति को कार्यावधि सकियको घोसणा संगसंगै पुनः सस्था का पुर्व अध्यक्ष अरुण सेजवाल को संयोजक मा ३ सदस्य सहितको टोलि दोश्रो अधिवेसन सम्पन्न र दोश्रो कार्य समिति निर्माण तर्फ लागेको थियो

सस्था को अधिवेसन सव्य र भब्य रुप ले सम्पन्न पार्न का निमित्त थेबुल,हुन्डाई साम्हो ,हेनाम र मोक्पो एरियाबाट पाल्नु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनि हरु लाइ आयोजक मोक्पो साम्हो साझा चौतारीले धन्यवाद सहित आभार प्रकट गरेको छ /

सस्था को दोश्रो अधिवेसन सम्म ल्याइपुर्याउनका निमित्त १ वर्ष को कार्यकालमा सम्रक्षक ,सल्लहाकर ,संयोजक खेल संयोजक ,सस्था निर्माण संयोजक ,आ-आफ्नो छेत्र सम्हालेर बस्नु भएका सम्पूर्ण कार्यसमितिका पदाधिकारी हरु र मोक्पो वासी नेपाली दाजुभाई दिदिबहिनि हरुमा मोक्पो साम्हो साझा चौतारी परिवार हार्दिकताका साथ् आभार प्रकट गर्दा छ /

मोक्पो साम्हो साझा चौतारीको दोश्रो अधिवेसन वाट सर्वसहमतिमा १७ सदस्य कार्यसमितिको नामावली:

१) अध्यक्ष - सुन्दर सुवेदी
२) ब.उपाध्यक्ष - विकाश तामांग
३) उपाध्यक्ष - नेत्र प्र.खनाल
४) - सन्तोष राउत
५) - चन्द्र तामांग
६) महासचिव - विधान तामांग
७) सचिव - विमल सुवेदी
८) - सुदिप रावत
९) कोषाध्यक्ष - राजेश कार्की
१०) सह -कोषाध्यक्ष - शेरचन राना
११) सदस्य - हरि श्रेष्ठ
- बिष्णु भट्टराई
- दिनेश पौडेल
- आंगदावा तामांग
- नवांग शेर्पा
- टेकेन्द्र चेम्जोंग


- सम्वु लिम्बु


,

0 comments

Write Down Your Responses

-->