कोरियामा सोनसिक ४ औं खेल उत्सव तथा उन्मुखिकरण कार्यक्रम हुने

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (SONSIK ) ले छनान सहरमा रहेको सनमुन युनिवर्सिटीमा “सोनसिक ४ औ खेल उत्सब” तथा यो शैक्षिक सत्रमा आएका बिद्यार्थीहरुलाइ लक्षित गर्दै उन्मुखिकरण (Orientation ) कार्यक्रम” आयोजना गर्ने भएको छ ।

अप्रिल ८ मा आयोजना हुने उन्मुखिकरण (Orientation ) कार्यक्रममा कोरियामा यो शैक्षिक सत्रमा अध्ययन गर्न आएका बिद्यार्थीहरुका लागि कोरियामा नेपाली बिद्यार्थीको बर्तमान अवस्था, अध्ययन गर्ने क्रममा आई पर्ने चुनौती तथा अवसर तथा सोनसिक १३ औ कार्यसमितिको ६ महिनामा गरिएका गतिविधिहरु र आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गरिने छ ।
यसका साथै कोरियामा अध्यान तथा अध्यापन गराउदै आउनु भएका अग्रजहरु मार्फत आफ्नो अनुभवहरु तथा सहज तरिकाले कोरियामा रहनका लागि उपयोगी ज्ञान प्रदान गरिने छ । अघिल्लो शैक्षिक सत्रमा क्षेत्रगत रुपमा आयोजना भएको यस कार्यक्रमको निरन्तरता दिदै यो सत्र एकिकृत रुपमा सनमुन युनिवर्सिटीमा हुने गइ रहेको हो । यसका साथै सोनसिकले सनमुन युनिवर्सिटीमा अप्रिल ९ को दिन सोनसिक ४ औ खेल उत्सब पनि आयोजना गर्ने भएको छ ।
बिद्यार्थीहरुलाई मनोरंजन, बिश्वबिद्यालयको ब्यस्त शैक्षिक कार्यक्रमबाट केहि फरकपन तथा कोरियामा विभिन्न बिश्वबिद्यालयमा अध्यान गर्दै आएका बिद्यार्थीहरु बीच भेटघाटको बाताबरण मिलाई मित्रता एवं आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले आयोजना गर्न लागिएको उक्त उत्सबमा फूटबल, भलिबल, बास्केटबल, छुग्गु, ब्याडमिन्टन लगायतका खेलहरु समावेश गरिने छ ।
यस अघिका बर्षहरुमा महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहदै आएको छ तथा यो बर्षको कार्यक्रममा पनि सम्पूर्ण विद्यार्थीको सहभागिताका लागि सोनसिकले अनुरोध तथा अपेक्षा गरेको छ । सोनसिकले कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै बिभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

-->