यसकारण मैले राजनीति छोडे र स्वतन्त्र जीवन रोजे

नेपालको राम ,दक्षिण कोरिया 
समयको गतिशीलता  संगै मानिसको जीवनमा धेरै कुराको परिबर्नत आउदो रहेछ l अनायासै सोच बिचार हरु परिबर्तन हुदा रहेछन l हिजोको बिचारले आजको बिचार संग मेल नखान पनि सक्दो रहेछ l जब कुनै कुराको वास्तविक गहिराइमा पुगिन्छ तब सोच बिचार हरु आफै परिबर्तन भएर जाँदो रहेछ l त्यस्तै एउटा गहिराइमा पुगेपछि ,वास्तविकता छर्लङ्ग  भएपछी स्तम्भकार, आफैमा आएको एउटा  विचारको परिबर्तनलाइ  यहाँहरु सामु  राख्ने कोसिस जमर्को गर्दै छु l
 हुन त म राजनीतिज्ञ पनि होइन र त्यति ठुलो विश्लेषक पनि होइन तर राम्रो नराम्रो छुट्टाउन सक्ने नागरिक चाहिँ अबस्य  हुँ l मैले कुनै कुरा लुकाउदिन र कसैलाइ ढॉट्न पनि चाहन्न र जान्दिन  पनि l एउटा कुरा  यहॉहरु माझ प्रस्ट पार्न चाहन्छु कि म पहिले बिद्यार्थि जिवनकालमा नेतृत्व कलामा अग्रसर थिए  l अनि  उद्घोषणमा पनि उत्तिकै रुची  राख्दथे  आफुमा भएको  मिलन सारिताको कारणले नै होला म सबैजसो बिद्यार्थि संगठनको निसानामा पर्ने गर्थे  l सानैदेखि न्याय , समानता , सदाचार र (कुरिति ,कुसँस्कार बिरोधि ) अनि परिवर्तन र अग्रगामि सोच बोक्ने भएरनै हुनुपर्छ अखिल क्रान्तिकारिको  निकट बन्न पुगेर ४-५ बर्ष जति बिद्यार्थि राजनितिमा सक्रिय भएर सामाजिक जिवनमा लागे तर भित्रि कुरो बुझ्दै जॉदा ,राजनिति गर्दै जॉदा ,छलकपट ,धोखा ,झुटको खेति , चिल्ला आश्वासन , बेइमानि ,जबरजस्ति चन्दा लगाएतका अनेकौ क्रियाकलापहरु कुकर्म जस्तो महशुस हुन थाल्यो l
अरुलाइ निशेध गर्ने प्रवृत्ति  , अाफ्नै मान्छेलाइ राजनितिक आश्थाको आधारमा घृणा गर्ने ,मनमुटाव र द्वेष भाव पाल्ने , अर्काको राम्रो काम पनि नराम्रो भनेर जबर्जस्ति मानसपटल बिथोल्ने ,आफु र आफ्नो पार्टि अनि नेताहरुले गर्ने कुकर्महरुलाइ पनि राम्रो बनाउन खोज्ने र त्यहि  अनुसार प्रशिक्षण  भाषण बाजि गर्ने गराउने कुराहरु म जस्तो नैतिकवान र चरित्र वान अनि सोझो र इमानदार युवालाइ अपाच्य हुँदै गयो ,नराम्रो र खल्लो लाग्दै गयो त्यसैगरि आर्थिक समस्यालाइ चन्दा बाट हैन मेहेनत र इमान्दारिको कमाइबाट परिवारको गरिबि हटाउनु पर्छ भन्नेमा म दृढ हुन थाले l हुन त मेरो लेखको आसय मेरो आफ्नो बारेमा बढाईचढाई गर्नु होइन तर यथार्थ कुरा यहाहरु सामु ल्याउने जमर्को मात्रै हो l
मेरो मनले  बिस्तारै धेरै कुराहरु सोच्न थाल्यो र पछि पार्टिले जनताको आशालाइ निरासामा बदलेपछि ,अनायाशै अकल्पनिय धोकाहरु दिन थालेपछि झनै बितृश्णा पैदा हुँदै गयो म बिस्तारै राजनितिबाट टाढा हुँदै गए बिस्तारै स्वतन्त्र पुर्वक सबै दलहरु र नेताहरु र कार्यकर्ताहरुलाइ  समान हिसाबले दाजुभाइ दिदिबहिनीको भावले हेर्न थाले र पछि मनमा प्रतिज्ञा नै गरे कि अब म पुर्ण रुपले स्वतन्त्र भएरै , स्वतन्त्र बिचार बोकेरै राष्ट्रको लागि केहि गर्न लागि  पर्छु l सबैलाइ समान हिसाबले मनदेखि माया प्रेम गर्छु ,सबैको भलाइको बाटो हिडँछु
गरिब दिन दुखि ,असहाय ,अनाथ र बेसहाराहरुलाइ सकेसम्म प्रत्यक्ष  रुपले सहारा दिन नसकेपनि कुनै न कुनै खालको सहयोग गर्छु ताकि थोरै मात्रामा भएपनि केहि राहत महशुस होस l पहिले म युवाहरुले बिदेश जानु हुदैन बिदेश जानु भनेको स्वाभिमान बेच्नु हो भनेर बुझ्थे,  यहि सिलसिलामा मैले धेरै ठॉउमा स-साना कामहरु पनि गरे तर गरिबि र आर्थिक अभावले धेरै समस्या दिएपछि स्वाभिमान भन्ने कुरा र इमान सँग  पो जोडिने हो नकि रोजगारि सँग भनेर बुझे र बैदेशिक होस या स्वदेशि जस्तो भएपनि सामान्य स्तर उन्नतिको लागि भनेर काम गर्ने सोच बनाएपछि धेरैजसो इमानदार र मेहनति युवाहरुको आकर्षक बैदेशिक रोजगार गन्तव्य मानिएको  कोरियाको भाषा परिक्षा दिए र पास पनि भए l
बिदेश आएपछि देशको माया झनै बढ्यो र आएको २-३ महिनामै यहॉ कार्यरत झन्डै ३० जना नेपालि साथिहरु बिच एकता र भाइचाराको बिउ रोप्दै सामाजिक सँस्था जस्तै एकजुट भएर समाजसेवाका क्षेत्रमा काम गर्न तिर उद्धत भए र लगभग एक बर्षमा १५०  भन्दा बढि नेपालिहरु पुगेपछि औपचारिक रुपमा सँस्था जन्मियो जस्को नाम कोरियामा प्राय: ले सुनेको हुनुपर्छ
छल्लानाम्दोको ठुलो पानिजहाज कम्पनि ह्युन्डाइ साम्होमा कार्यरत नेपालिहरुको साझा र एकमात्र बिशुद्ध परोपकारि सँस्था (ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डस छल्लानाम्दो कोरिया )र मेरो सौभाग्य मलाइ वहॉहरुले सर्वसम्मत रुपमा सँस्थापक अध्यक्ष बनाउनुभयो र हाल म संरक्षकको भुमिकामा  छु तेसैगरि एकबर्ष अगाडि खुलेको सकारात्मक सोच र सकारात्मक परिवर्तनका लागि अनलाइन रेडियो गोर्खालिको पनि संरक्षकको भुमिकामा छु।
मैले जहिलेपनि प मनबाटै मान्ने गरेको  छु कि असल  सन्ततिले जननि र जन्मभुमिप्रति सदैब ऋणि रहनुपर्दछ l
जसअनुसार  नेपाल र हरेक नेपाल आमाका सन्ततिहरुको सुख-दुखमा जसरि सकिन्छ हिस्सेदार बन्नु पर्छ भन्ने मेरो प्रस्ट बिचार रहिआएको छ र म सधैँ आफ्नो बिचारलाइ इमानदारिसाथ ब्यवहारमा उतार्न तल्लिन रहने गर्दछु l म सधैँ जसो सामाजिक सँजालहरुमा बिभिन्न लेखहरु ,स्टाटसहरु ,लेखिरहन्छु फेसबुक बाहेक अर्को लोकप्रिय सामाजिक सँजाल ट्विटर प्रयोग गर्दछु र हजारौँ ट्विटहरु लेखेको छु र खुसि र अचम्मको कुरा त मैले लेखेका मेरा मनका भावहरु ,निस्पक्ष बिचारहरु , अनुभव र भोगाइ बाट प्राप्त ज्ञानबर्धक कुराहरु जति लेखे तेति नै लोकप्रिय हुदै गए   धेरैजसो बिभिन्न रास्ट्रिय दैनिक र अनलाइन अनि साप्ताहिक र टेलिभिजनहरुमा पनि प्रसारित भए l
तर सबैभन्दा ठुलो कुरा त अझ भनौँ मेरा पाठकहरुको मन मस्तिष्कमा गुन्जिन पुगे र बिस्तारै मेरो ट्विट ,मेरो बिचार ,मेरो बानि ,मेरो ब्यवहार बाट पुर्ण रुपले प्रभावित हुनेहरुबाट मेरो चर्चा हुन थाल्यो l मन , भाव , नाम ,बिचार ,व्यवहार ,काम सबै हेर्दा तिमि सॉच्चिकै नेपालको राम नै हौ भनेर धेरैले लेखे र बिस्तारै माया र प्रशंसा गरेको कुराहरु यत्रतत्र हुन थालेपछि त्यसैलाइ नै अर्को शब्दमा चर्चा भन्न थालियो र ट्विटर ह्यान्डल फेमस भएसँगै म राम दत्त जोशि बाट मेरो उपनाम  चिनिदै पृय नेपालि मनहरुको माया र सुवेक्षा पाप्त गर्दै नेपालको राम बन्न पुगे
  सामाजिक सँजाल ट्विटरबाट चर्चित र पपुलर भएको झण्डै २ बर्ष पुग्न लाग्यो ट्विटरमा मेरो  लगभग ४५,५०० भन्दा बढी  अनुयायि पनि छन र ट्विटर कन्याहरुको साझा र सार्वजनिक दाइ (रास्ट्रिय दाइ पनि भन्ने गर्दछन सयौँ अझ बढि हजार जति मेरो बहिनिहरु(बुनेहरु) पनि छन र निरन्तर जसो चर्चा भैरहन्छ तर पनि मलाइ चर्चा भन्दा ठुलो उपलब्ध यहॉहरुको माया ,आशिर्वाद र सद्भाव नै लाग्छ l म मेरो प्रगति र चर्चा र देखावटि नै भएपनि यो सफलताले देश र समाजले केहि राहत महशुस गरोस भन्ने चाहन्छु र निरन्तर सामाजिक क्रियाकलापमा सक्रिय छु । म सधैँ रास्ट्रिय साम्प्रदायिक सद्भाव र नेपालिहरु बिच आपसि भाइचारा र भावनात्मक/आत्मिय एकताको पक्षमै बोल्छु ,लेख्छु , तेइ अनुसारको बिचार ब्यवहार प्रस्तुत गर्छु र सोहि चाहन्छु l

चर्चा परिचर्चा सँगै बेलाबेला धेरै सुभचिन्तहरुको जिज्ञासा , खुलदुलि र प्रश्नहरु ??राजनितिमा लाग्ने भन्ने कुरा पनि आइरहन्छ चाहे नयॉ शक्ति खुल्दै गर्दा होस या अन्य स-साना नयॉ पार्टिहरु खुल्दा या कुनै पार्टिहरु मर्ज हुँदा ,गॉउ ,जिल्ला शहर केन्द्र देखि मलाइ पार्टिमा लाग्न प्रस्ताव आउने गर्दछ ,सामान्य कुरा हो आइरहन्छ र पछिल्लो समय खुलेको प्रस्तावित साझा पार्टि र त्यस्को बिदेश संगठन साझा सद्भाव समुह गठन पुर्व पनि मलाइ प्रस्ताव नआएको भने हैन आइरहेको छ यो त सामान्य कुरा नै भयो ।
तर म कुनै पार्टिमा लाग्दिन l,राजनिति गर्दिन l स्वबिवेक र स्वाभिमान गुमाउदिन l
सबै पार्टि र नेताहरुको बिचार र ब्यवहारको स्वतन्त्र बिस्लेषण गर्दै राम्रा लाइ प्रोत्साहन र प्रसँसा गर्छु नराम्राहरु लाइ सम्झाउछु बुझॉउछु मानेन र टेरेन भने वेवास्था गर्छु नकारात्मकतालाइ सधैँ  सकारात्मकताले जिताएर स्वत: निरुत्साहित हुने माहोल बनॉउछु  । हरेक पार्टिभित्र रहेका सकारात्मक उर्जाशिल युवाहरुको मस्तिष्कमा परेको बिषको घुम्टो हटाइदिने कोशिस गर्छु ताकि समाजले ,देशले तलतेखि माथिसम्म सधैँ राम्रो र इमान्दार नेतृत्व पाओस l
साम्प्रदायिक सद्भाव ,आपसि भाइचार र नेपालिपनको भावनात्मक एकता र आत्मियताको  बिउ रोप्छु सधैँ  मलजल गर्छु !युवारुमा प्रेरणा भर्न सके भर्छु>नत्र निरुसाहित गर्दिन lसबैलाइ माया गर्छु नसके घृणा गर्दिन l सँसारभरि जहॉ रहेर पनि नेपालि र नेपालको हितमा  राम्रो काम गर्ने हरेक नेपालिलाइ प्रशँसा र प्रोत्साहन गर्छु l तर राम्रा कसैलाइ पनि कदापि निरुत्साहित गर्दीन lसबैको भलो चितॉउछु तर कसैको कुभलो कदापि चितॉउदिन l स्वतन्त्र बिचार बोक्छु तर अफुको बिचारको कदर पनि गर्छु l
हाम्रो  स्वतन्त्र राष्ट्रप्रेमि सचेत नेपालि एकता अभियानलाइ सकेसम्म नयॉ उर्जा ,गति र उचाइ थप्दै जानेछु यहॉहरुको साथ सयोग र माया प्रति आभारि छु  l
[लेखक -स्वतन्त्र राष्ट्रप्रेमि सचेत नेपालि एकता अभियानको सक्रिय अभियन्ता हुन् ]

0 comments

Write Down Your Responses

-->