भोजपुर परिवार दक्षिण कोरिया द्वरा राहत बितरण

-धिरेन्द्र पुलामी मगर-
भोजपुर परिवार दक्षिण कोरियाले आगलागी पीड़ित परिवारलाई ५ लाख़ ४० हजार रूपया राहत बितरण गरेको छ । मंसिर ५ गते भोजपुर ७ भोटेपसलमा भएको आगलागीमा परेका ८ घर पीडित परिवारलाई रु ३ लाख ५० हजार हस्तांतरण गरिएको हो ।

यसै गरी फागुण २० भोजपुर-२ मा भएको आगलागी पीड़ित ७ परिवारलाई प्रति परिवार २०००० को दरले १ लाख ४०००० र भोजपुर कुलुंगमा बाढ़ी पैरोबाट परिवार गुमाई संरक्षक बिहीन भएको बालकलाई रू ५०००० गरी जम्मा ५४०००० बितरण गरेको हो । राहत रकम जिल्लामा बिशेष कार्यक्रम आयोजना गरी संस्थाको प्रतिनिधि द्वय लोकेश आले र सुनील कुमार राईले संयुक्त रुपमा जिल्ला दैविक प्रकोप उद्धार समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गिता देवी चेम्जोङ्ग लाई हस्तान्तरण गरी पीडित लाई प्रदान गरिएको छ ।
भोजपुर परिवार दक्षिण कोरियाले कोरिया मा रहेका भोजपुरे र गैर भोजपुरे संपूर्ण नेपालीबाट राहत संकलन गरी पीड़ितलाई प्रदान गरेको हो ।

0 comments

Write Down Your Responses

-->