आँधीखोला सांगीतिक सौगात ५ को आयब्यय सार्वजनिक, सवा तीन करोड बचत

धन गुरुङ,सउल-

नेपाल हाउसमा हिजो आइतबार आयोजित आयब्यय सार्वजनिक, समिक्षा  बैठक र सम्मान कार्यक्रममा परिवारले कार्यक्रमको आयब्यय सार्वजनिक गरेको हो । आँधीखोला सांगीतिक सौगातबाट सम्पुर्ण खर्चहरु कटाएर ३ करोड १२ लाख वन कुल बचत गर्न परिवार सफल भएको छ । “स्याङ्जा जिल्लाअन्तर्गत स्वास्थ्य क्षेत्रको सहयोगार्थ” आयोजित गरिएको आँधीखोला सांगीतिक सौगातमा ६ करोड वनभन्दा माथी आर्थिक संकलन गर्न सफल भएको सचिव बोम्जन गुरुङले बताए ।
आयब्यय सार्वजनिक कार्यक्रममै बचत भएको रकमको केही अंश स्याङ्जा जिल्लाको विभिन्न क्षेत्रमा अवस्थित स्वास्थ्य संस्थाहरुलाई सहयोग रकम  विनियोजन गरिएको सचिव गुरुङले बताए । गल्याङ नगरपालिकामा रहेको निर्माणाधीन गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स खरिद गर्न १० लाख रुपैयाँ छुट्टाएको र अपुग रकम स्याङ्जाको  पुर्वी बजार गल्याङ क्षेत्रबाट कोरिया आएका स्याङ्जालीहरुबाट संकलन गरेर स्याङ्जा परिवारकै मातहतमा रहने गरी सहयोग गर्ने कार्यसमिति निर्णय भएको अध्यक्ष राजु भण्डारीले बताए । त्यसैगरी चापाकोट नगरपालिकामा रहेको चापाकोट स्वास्थ्य केन्द्रको लागि ४ थान ह्विलचेयर खरिद गर्न २ लाख रुपैयाँ र पेल्काचौर गाविसमा रहेको पेल्काचौर उप-स्वास्थ्य चौकीलाई १ थान कम्प्युटर खरिद गर्न पनि रकम विनियोजन गारिएको र बाँकी बचत रकम आवश्यकता अनुसार परिस्थिति हेरेर निकट भविष्यमा विनियोजन गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।
परिवारका अध्यक्ष राजु भण्डारीको सभापतिमा सम्पन्न भएको कार्यक्रममा विभिन्न वक्ताहरु लेशन गुरुङ सह-संयोजक खेलकुद विभाग, नर कुमार गुरुङ अध्यक्ष स्याङ्जा भिरकोट आर्थर तमु समाज, समाजसेवी युवराज गुरुङ, नरेन्द्र गुरुङ स्याङ्जा घर सेल्टर व्यवस्थापन  संयोजक, शिव क्षेत्री सल्लाहकार, हिमानी गुरुङ सल्लाहकार
, कुमार थापा निवर्तमान सचिव/सल्लाहकार, लक्ष्मी गुरुङ उपाध्यक्ष एनआरएनए गैर आवासीय नेपाली संघ, धर्म गुरुङ निवर्तमान अध्यक्ष, सल्लाहकार / कार्यक्रम संयोजक, गुप्त गुरुङ भुपु अध्यक्ष, सल्लाहकार/ साँस्कृतिक कार्यक्रम व्यवस्थापक मन्तब्य राखेका थिए । आँधीखोला सांगीतिक सौगात ५ लाई भब्य रुपमा सम्पन्न गर्न गराउन कार्यक्रमलाई सहजीकरणबापत सापटीस्वरुप १/१ करोड वन प्रदान गर्नु हुने परिवारको महिला विभाग प्रमुख सपना शर्मा र खेलकुद संयोजक तथा भलिबल क्याप्टेन अमीत राना, अन्य विभिन्न सहयोगी व्यक्तित्वहरु, साँस्कृतिक विभाग र कलाकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा भलिबल खेलाडी सुमन नेपालीलाई स्वागत गरिएको थियो । परिवारका उपाध्यक्ष किसान गुरुङको स्वागत र धन्यवाद मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव बोम्जन गुरुङले सञ्चालन गरेको थियो ।
आँधीखोला सांगीतिक सौगात ५ को आर्थिक विवरण :-
                  आय बिवरण
क्र.सं.               बिवरण                 रकम वोन
१)मूल आयोजक,आयोजक                        ३,५९,६९,३५६/-
२)खाजा स्टलबाट                                       ५७,७६,०००/-
३)कोरीयन टेलिकमले स्टल राखे बापत             ५,००,०००/-
४)सनराईज बैकले स्टल राखे बापत                   २,००,०००/-
५)गोर्खाली एफ.एम,स्टेज ब्यानर सौजन्य,           १,५०,०००/-
६)पोखरा मार्ट(टेक राना)पोस्टर सौजन्य,             २,९०,०००/-
७)पुजा मार्ट(लक्ष्मी लामा),टिकट सौजन्य,          १,५५,०००/-
८)संघ संस्थाबाट सहयोग ,                            २४,३४,०००/-
९)हलमा ब्यक्तिगत सहयोग                          १३,५७,०००/-
१०)टिकट बिक्री ,७२० ओटा ,                     १,८०,००,०००/-
जम्मा आय :-६,४८,३१,३५६/- वोन
                   खर्च बिवरण
क्र.सं.          बिवरण                         रकम वोन
१)कार्यक्रम दर्ता,बैठक भाडा दस्तुर           ४,३०,०००/-
२)कार्यक्रम हल भाडा                           ४०,५०,०००/-
३)साउण्ड सिस्टम                                २५,००,०००/-
४)यातायात खर्च                                 २८,३९,०००/-
५)कोरीयन मोक्सानिम खाना खर्च            ५,०६,०००/-
६)कलाकार खर्च सम्पूर्ण                   १,६८,३६,०९६/-
७)स्टेशनरी ,छापाखाना                       २२,८७,०००/-
८)खाना सामाग्री                                 २२,२१,८००/-
९)भॉडा कुंडा (ग्यास चुलो,भाडा)              ७,१६,०००/-
१०)मिडिया खर्च                                    ७,८५,०००/-
११)बिबिध खर्च                                     ४,५७,०००/-
   जम्मा खर्च :-३,३६,२७,८९६/-
जम्मा बचत,६,४८,३१,३५६ – ३,३६,२७,८९६=३,१२,०३,४६०/-
(तीन करोड बाह्र लाख तीन हजार चार सय साठी वोन मात्र/-)

0 comments

Write Down Your Responses

-->