कोरियामा दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगिता भब्यताको साथ सम्पन्न

नमस्ते नेपाल कोरिया संवाददाता 

छन्याल परिवार बिजयी ।

थकाली जातीको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजनाको गरेको दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ ।

राजधानी सउलको मोकदोङ आर्चरी ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतियोगितामा १२ टीमका ४८ जना खेलाडीहरुले समूहगत तथा सिंगल तर्फ प्रतिष्प्रर्धा गरेका थिए । गत साल आयोजित प्रथम भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगितामा २४ जना खेलाडीहरुले सहभागिता जनाएकोमा यसपालीको आयोनामा ४८ जना खेलाडीहरुले प्रतिष्प्रर्धा गरेका हुन ।

 प्रतियोगितामा थकाली सेवा समाज ए र बी, म्याग्दी मोना ए र बी, छन्त्याल परिवार ए, बी र सी,पुन समाज, बाग्लुङ तमान टीम, म्याग्दी जुग्जा टीम,मनाङ परिवार र स्वतन्त्र टीम गरि १२ टीमको सहभागिता रहेको थियो ।


८ राउण्ड खेल र २५ मिटर दूरीमा खेलाईएको प्रतयोगितामा छन्त्याल परिवार बी टीमले ३३६ अंक प्राप्त गर्दै नगद ६ लाख वग सहित दोश्रो भूपी सेरचन स्मृति कप चुम्न सफल भएको छ भने गत साल बिजेता म्याग्दी मोना र म्याग्दी जुग्जा टीमको २२७ अंक बराबरी भएपछि दुबै टीमका टीम क्याप्टेनलाई दुई दुई सर हान्ने मौका दिईएको थियो । जस्मा म्याग्दी जुग्जा टीमले ,म्याग्दी मोना कोरियालाई पछि पार्दै दोश्रो स्थान हांशिल गर्न सफल हुंदै नगद ३ लाख ५० हजार वन हात पार्यो  । त्यस्तै सिंगल तर्फ छन्याल परिवारका राजन छन्त्यालले प्रथम स्थान र म्याग्दी जुग्जा टीमका बुद्दी सेरचनले दोश्रो स्थान हांशिल गरे । सिंगल तर्फका प्रथम र द्दितिय हुने खेलाडीहरुले क्रमश: कप, नगद र प्रमाण पत्र हात पारेका छन । त्यस्तै प्रतियोगिता भर ७ जना  खेलाडीहरुले ८ खोल हान्न सफल भई प्रति खोल १ लाख ६० हजार वन सहित थकाली चेलीबेटीहरुले थकाली संस्कार अनुसार केल्स्याङ गरेका थिए ।

प्रतियोगितामा थसेस कोरियाका अध्यक्ष भरत तुलाचनको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानको प्रमुख आतिथ्य रहेको थियो  भने बिशेष अतिथिहरुमा थसेस संरक्षक भक्त सेरचन, एन आर एन कोरियाका कावा अध्यक्ष ओम जुग्जाली,एन सि सी बरिष्ठ उपाध्यक्ष अन्जु केसी, नेपाल मगर संघका अध्यक्ष खड्ग थापा मगर, राप्ती सम्पर्क मंचका अध्यक्ष बीर कुमार वली नुवाकोट समाजका अध्यक्ष सोम तामाङ  रहेका थिए ।



तारा खेल प्रेमीहरुको बाक्लो उपस्थितिमा दिउसो १ बजे देखि सुरु भएको प्रतियोगितामा पूजा २ थकाली भन्साले मिष्ठान्न थकाली परिकारहरु पस्केको थियो ।

,

0 comments

Write Down Your Responses

-->