मार्च २६मा नेपाल बौद्ध परिवार कोरियाको अधिवेशन हुने

नमस्ते नेपाल कोरिया संवाददाता

नेपाल बौद्ध परिवार दक्षिण कोरियाको अधिवेशन आगामी मार्च २६ तारिख गरिने भएको छ । परिवारको गत मार्च ५ तारिख सउल गुम्बामा सम्पन्न बैठकले कोरियाको राजधानी सउलमा अधिवेशन गरिने निर्णय गरिएको हो । परिवारका कार्यवाहक अध्यक्ष रमेश श्रेष्ठ र गुम्बाका प्रमुख कुन्सान लामाको विषेश उपस्थितीमा बैठक सम्पन्न गरिएको थियो ।

कोरियामा रहेका सम्पूर्ण बौद्धमार्गी र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अधिवेशनलाई सफल पार्न उपस्थित भइदिनुहुन कार्यबाहक अध्यक्ष श्रेष्ठले हार्दिक आग्रह गरेका छन् । परिवारले दशकौदेखि कोरियामा नेपाल बुद्धको जन्म देश हो भन्ने पहिचान गराउन मुख्य भूमिका खेल्दै आएका छन् । कोरियनहरुमाझ व्यप्त बुद्ध भारतमा जन्मेको भन्ने भ्रमलाई चिर्न बुद्ध जन्मेको देश नेपाल बारे परिवारले प्रचार प्रसार गर्दै आएका छन् ।

कोरियन बुदिष्टहरुको साझा संस्था झोगेसाको आयोजनामा बुद्ध जयन्तीको अवसरमा बर्षेनी विषेश पर्वको रुपमा मनाइने लालटिइ० फेष्टीभलमा बौद्ध परिवारले नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै आएका छन् । फेष्टीभलमा बुद्धको प्रतिमा, अशोक स्तम्भ , स्वयम्भु र बौद्ध जस्ता बुद्धसंग सम्बन्धीत झाकीहरु प्रदर्शन गर्दै बाक्लो नेपालीको उपस्थितमा रयाली गर्दै आएका छन् ।

सन २०१३ मे २ तारिख नेपाल बौद्ध परिवार र सउल राजदूताबासको संयुक्त संयोजनामा बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड ज्योति शन्तिदिपलाई पूर्व राष्ट्रपति डा. रामबरण यादबबाट हस्तारण गरी कोरियाका दोन्सा गुम्बामा प्रतिस्थापना गरिएको छ । साथै हालै स्थापना गरिएको सउल नेपाल गुम्बामा प्रत्येक महिनाको पहिलो आइतबार परिवारकै आयोजनामा धार्मिक पुजा र प्रवचन गर्दै आएका छन् ।

बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुइ०को गत वर्ष मे ५ तारिख सडक दुर्घटनामा परी अचानक निधन भएपछि उपाध्यक्ष रमेश श्रेष्ठले कार्यवाहक अध्यक्षताको जिम्मेवारी समाल्दै आएका छन् ।

अधिवेशन निम्न स्थान र मितिमा हुने भएको छ।

स्थान , नेपाल हाउस , सउल
मिति २०१७ मार्च २६ तारिख , आइतबार
समय दिनको १२ बजे

सम्पर्क ०१० ३२६६ ९०३३ रमेश श्रेष्ठ

0 comments

Write Down Your Responses

-->