कोरियामा संचालित नेपाली वेब टिभीको औपचारिक समुद्घाटन सम्पन्न

नमस्ते नेपाल कोरिया सम्बाददाता l
गत आइतबार कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा दक्षिण कोरियामा रहेका केही सक्रिय  नेपाली युवाहरुको सक्रियतामा बिगत छ महिना अघि देखि कोरियामा संचालन हुदै आईरहेको पहिलो नेपाली वेब टिभीको औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ l

उक्त  टिभीका प्रमुख निर्देशक रमेश खावाजुको सभापतित्व सगै कोरियाका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आसनग्रहण साथै नेपाली समुदायहरुको बाक्लो उपस्थितिमा रास्ट्रिय गान गायन सगै सुरुवात भएको थियो l कार्यक्रममा प्रमुख अतिथी रहनुभएका कोरियाका लागी नेपाली दुताबासका उपनियोग प्रमुख  राजाराम बर्तौलाले पानसमा दियो बालि औपचारिक रुपमा नेपाली वेब टिभीको ब्यानर खुलाएर उद्घाटन गर्नुभएको थियो l 

कार्यक्रममा स्वागत मन्तब्य दिदै वेव टिभीका संचालक/ प्रस्तोता सन्दीप पाण्डेले कोरियामा महत्वपूर्ण बिषयलाई समेट्दै नेपालीहरु बीच एक आपसमा सहयोग,सद्भावना बढाउदै,नेपालीहरुको समस्याहरुलाई मध्यनजर गर्दै बिशेष उपयोगी कार्यक्रमहरु संचालन गर्दै लैजाने बताए l उक्त कार्यक्रम संचालन सो टिभी को प्रस्तोता सपना सुनुवारले गर्नुभएको थियो l

प्रमुख अतिथी राजाराम बर्तौलाले कार्यक्रममा शुभकामना सन्देस प्रदान गर्दै नेपाली वेब टिभीको निरन्तर संचालन र कानुनी प्रक्रियामा अगी बढाएर अझै राम्रो कार्यक्रमहरु प्रसारण गर्दै लैजानको निम्ति सुझाब राख्नुभएको थियो l त्यस्तै एन आर एन अध्यक्ष बिनोद कुवरले यस टिभी कोरियामा रहेका नेपालीहरुको साझा टिभी र साझा ,निष्पक्ष कार्यक्रमहरु  बनोस भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो l कार्यक्रमको शुभकामना मन्तब्यको क्रममा विभिन्न अतिथिहरुले  नेपाली वेब टिभीको सफलता र शुभकामना संदेश सहित आआफ्नो धाराणा,सुझावहरु ब्यक्त गर्नुभएको थियो l

कार्यक्रममा आउनुभएका केहि नेपालीहरुको प्रतिक्रिया अनुसार कोरियामा ब्यस्त काम सगै पनि यस टिभी ले राम्रो सुरुवात गरेको र आगामी दिनमा यहाका नेपालीहरुका साझा भावाना र संदेश हरुलाई प्रमुख स्थान दिनुपर्ने बताएका थिए l  कार्यक्रममा  एन आर एन कोरियाका अध्यक्ष बिनोद कुवर, आई सी सी कोरिया प्रतिनिधि केपी सिटौला ,एनसीसीका लोचन राई, वुमन फर वुमन की मल्लिका थकाली, नेपाली जन सम्पर्क समितीका नवराज सिवाकोटी ,नेपाल आदिबासी जनजाती महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन , थकाली सेवा समाजका अध्यक्ष भरत तुलाचन, डाइनामिक मोरंग कमिटिका अध्यक्ष तथा प्रोफेसर डा. देबी ब. बस्नेत, सोनसिक सभापति बिमल सुबेदी, योंग स्टारका अध्यक्ष लोक लामा , नेवा पुच कोरियाका सल्लाहाकार तथा नेपाल बौद्ध परिवारका डा. नबिन बज्राचार्य लगाएत अन्य बिभिन्न संघ सस्थाका प्रमुख तथा  प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

 उक्त टिभीको संस्थापक संचालक समुहमा प्रमुख निर्देशक रमेश खावाजु , प्रमुख क्यामेरा म्यान / भिडियो सम्पादक उमेश घिमिरे , कार्यक्रम निर्देशक तथा प्रस्तोता - ऐश्वर्य श्रेष्ठ ,प्रमुख महिला प्रस्तोता सपना सुनुवार रहेका छन् l त्यस्तै अन्य संस्थापक संचालक समितिमा प्रचार प्रसार प्रमुख तथा प्रस्तोतामा अरुण श्रेष्ठ (ई.पी.एस. छिन्गु.), बिषेश अतिथि राज संसार श्रेष्ठ ,प्रमुख आर्थिक तथा बजार ब्यबस्थापक कृष्ण मुस्यान , प्रमुख प्रशासक तथा बिज्ञापन कृष्ण पुरी , प्रमुख भिडियो सम्पादकमा साम लिम्बु ,  भिडियो निर्देशक तथा प्रस्तोता सन्दिप पाण्डे ,क्यामेरा म्यान राजु श्रेष्ठ रहेका छन् l

निरन्तर स्तरीय रुपमा विभिन्न थप विधाहरु पनि क्रमश समेट्दै कोरियाबाट संचालित नेपाली वेब टिभीलाई कोरिया -नेपाल हुदै बिश्व भर बिस्तार स्वरूप अगाडी बढाईने योजना पनि रहेको सो टिभी संचालक समितीले जनाएको छ l
 

0 comments

Write Down Your Responses

-->