कोरियन फिल्ममा नेपाल कथा

देवेन्द्र सम्बाहाम्फे ,कोरिया 
 सातायता कोरियाली सञ्चारमाध्यममा नेपालको चर्चा बढेको छ। कोरियाली पर्वतारोही अम होङ गिलको जीवनीमाथि हालै फिल्म बनाएको छ र नेपालमा समेत सुटिङ गरिएको त्यसको नामै राखिएको छ- 'हिमालय'।

दुई घन्टा लामो फिल्मको ३० प्रतिशत सुटिङ सगरमाथा, अन्नपूर्ण, कन्चनजंघा लगायतका बेसक्याम्पमा गरिएको हो। नेपालमा यसअघि कोरियन ड्रामा 'नाइन' पनि खिचिएको थियो।

'हिमालय' को निर्देशन ली सख हुनले गरेका हुन्, जो कोरियाकै सफल निर्देशक मानिन्छन्। हुन निर्देशित 'कुक्चे सिजाङ' अहिले कोरियामा प्रदर्शन भइरहेको छ। 'हिमालय'मा नायक ख्वाङ जङ मीनले पर्वतारोही गीलको भूमिका गरेका छन्। ४५ वर्षीय मिन कोरियाका सुपरस्टार नायक पनि हुन्। नायिकाको भूमिकामा भने  छङ यु मी छिन्। नेपाली कलाकार गम्भीर श्रेष्ठले समेत खेलेका छन्।

'हिमालय' आउँदो जुलाईमा रिलिज गरिने निर्माता जेके इन्टरनेसनलले जानकारी दिएको छ। फिल्ममा पर्वतारोही गिलले हिमालय चढ्ने सिलसिलामा सहकर्मी गुमाएको विषयलाई मार्मिक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। गिलले सन् १९८६ मा सगरमाथा आरोहण गर्दा दोर्जे शेर्पासहित उनका तीन  सहयोगीहरू हिउँ पहिरोमा परेर हराएका थिए। त्यस्तै, २००५ मा सगरमाथा आरोहर्णामा पार्क मु थेकको मृत्यु भएको थियो।

१९८५ देखि हिमाल चढ्न सुरु गरेका गिल ८ हजार मिटरका संसारका १६ शिखर आरोहण्ा गर्ने पहिलो व्यक्ति हुन्। उनलाई 'टयांक अफ द हिमालय' र 'मिराकल म्यान' उपनामले पनि चिन्ने गरिन्छ। गिलले नेपाल लाई 'दोस्रो जन्मभूमि' मान्दै आएका छन्।



0 comments

Write Down Your Responses

-->