मार्च १५ मा मगर संघको बिशेष अधिबेशन हुने

नमस्ते नेपाल कोरिया सम्बाददाता 
दक्षिण कोरियामा अत्यन्त क्रियाशील संस्था नेपाल मगर संघ दक्षिण कोरियाको बिशेष अधिबेशन आउदो आइतबार मार्च १५ तारिखमा हुने भएको छ।गत सलनालमा नै बार्षिक साधारण सभा गर्नुपर्ने भएता पनि बिभिन्न संघ संस्था संग कार्यक्रम जुध्न गएकोले साधारण सभा नगरिएको खेलकुद प्रमुख सल्लाहकार होबिर थापाले बताउनु भएको छ।

कार्य समितिका कतिपय साथीहरु  कार्य अवधि सकी नेपाल फर्कन लाग्नु भएको र क्रियाशील साथीहरुको अभावको कारणले दुइ तिहाइ कार्य समिति बहुमत सदस्यहरुको आग्रहमा बिशेष अधिबेशन बोलाइएको कार्य कारिणी प्रमुख तथा संघका संरक्षक अप्त पुन मगरले जानकारी दिनुभएको छ। दक्षिण कोरियाकै इतिहासमा नयाँ प्रणालीको थालनी गरी क्रियाशील,उर्जाशील कार्य समिति गठन गर्न लागिएकोले कोरियामा सम्पूर्ण मगर महानुभावहरुलाइ उपस्थितिको निमित्त संरक्षक पुन मगरले हार्दिक अनुरोध गर्नु भएको छ।
मिति-२०१५ मार्च १५ तारिक आइतवार
स्थान-डी.आर.इन्टरप्राइजेज/रेष्टुरेन्ट
समय-दिनको ११ बजे
सम्पर्क-अप्त पुन मगर
फोन नं. ०१०-६२३२-७९११

0 comments

Write Down Your Responses

-->