हामी नेपाली कन्सर्टको भाग्यशाली चिट्टा अप्रिल २९ खोलिने

रमेश खावाजु ,कोरिया 

 -हामी नेपाली कन्सर्टको टिकटमा निशुल्क भाग्यशाली चिट्ठा समावेश 
दक्षिण कोरियामा बुद्ध जयन्तिको अवसरमा  सेभ नेपाल फुटबल फोन्डेसनद्वारा गर्न लागेको हामि नेपाली कन्सर्टको भाग्यशाली चिट्टा अप्रिल २९ तारिकमा खोल्ने भएको छ l 

चिट्ठाको प्रथम पुरस्कारमा  दुइ जनालाई आफ्नो १  जना परिवारको सदस्यलाई  कोरियामा निमन्त्रणा गरिने l  दोश्रो  पुरस्कार २ जनालाइ नेपाल जाने हवाई जहाज टिकट तथा तेस्रो पुरस्कार ४ जनालाई नेपालबाट आउनु भएका नेपाली कलाकारहरुसंग रात्री भोजनको ब्यबस्था गरिएको छ l
  हामी नेपाली कन्सर्टको टिकट अप्रिल २८ सम्म किनेको मात्र भाग्यसाली चिट्टामा समाबेस हुने संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पाले बताए  |  अध्यक्ष शेर्पाले कार्यक्रमको टिकटमा भएको टिकट नम्बर भाग्यसाली नम्बर हो , त्यही टिकट को अर्ध कट्टीवाट नै पुरस्कार पाइने छ, अरु कुनै छुटटै टिकट काटनु नपर्ने बताए l

सेभ नेपाल फुटबल फोन्डेसनले आउदो मे २४ तारिकमा राजधानी सउलको छाम्सिलको जिम्न्यास्टिक  ग्राउण्डमा नेपाली कलाकारहरु निमन्त्रणा गरि  बृहत सांकृतिक कार्यक्रम ’हामि नेपाली’ को आयोजना गर्न लागेका हुन् l  कार्यक्रममा नेपालबाट सु-प्रसिद्द कलाकारहरु १९७४ एडी ब्याण्ड, नेपाली तारा २०१५ का बिजेता, गायिका इन्दिरा जोशी, मिस नेपाल सदिक्षा श्रेष्ठ, र्याप गायक गिरिश खतिवडा, मिस राजधानी २०१० परिना  राई, डिजे शिशिरको प्रस्तुति रहनेछ ।

द.कोरियामा नेपाली कला संस्कृति झल्किने  यस सांगितीक कार्यक्रममा  कोरियाको प्रमुख  टिभी च्यानल एमबीसी ले पनि प्रसारण गर्ने संस्था बताए । हामी नेपाली कार्यक्रमको कोरियामा मेडिया पार्टनरमा नेपाली वेब टिभी, हेल्लो नेपाल कोरिया डट कम, फ़ोनिज कोरिया डट कम, नमस्ते नेपाल कोरिया डट कम, नेपाल कोरिया न्युज डटकम  रहेका छन् । त्यस्तै गरि नेपालमा कान्तिपुर टिभी, साप्ताहिक, वेब म्यागजिन मेडिया पार्टनर रहेका छन् ।

0 comments

Write Down Your Responses

-->