प्रपोज गर्दै बिजय तिमल्सिना

नमस्ते नेपाल कोरिया संवाददाता 
   बिगत लामो समय देखि नेपाली कला क्षेत्रमा संघर्ष गरिरहेका गायक तथा मोडल बिजय तिमल्सिना अन्तत आफ्नो एकल एल्बम लिएर श्रोता दर्शकमाझ अाउंदैछन।

"प्रपोज"नाम गरिएको उक्त एल्बम लाई उनको आफ्नै कम्पनी पर्फोमिङ्ग अार्ट क्रीएसनले बजार  ब्यबस्थापन गर्नेछ।एल्बममा समाबेश चारवटा गीत मध्ये "सनसनी सनसनी" बोलको गीत युट्युव तथा   टेलिभिजनबाट सर्वजनिक भैसकेको छ।शंकर थापाको संगित रहेको उक्त गितको भिडियोमा गायक स्वयं र प्रकृति श्रेष्ठले अभिनय गरेका छन्।एल्बमको सबै गीतमा डि.पि खनालको शब्द रहेको छ भने एल्बमा क्रमश "झ्यप्पै नजर""आओस यी  अांखामा निन्द कसरी"जस्ता माया प्रेमका गित समावेश गरिएको छ,जसमा धनु ग्याङ्मी र चर्चित संगितकार अर्जुन पोखरेलको संगित रहेको छ।साथै सबै गीतको म्युजिक भिडियो बन्ने जानकारी प्राप्त भएको छ।





0 comments

Write Down Your Responses

-->