एम टि यु कोरियाको बृहत प्रशिक्षण कार्यक्रम सम्पन्न [ फोटो फिचर सहित ]

सनराइज राई,सउल  ।
              प्रवासी मजदुर सङ्गठन (एमटियु) कोरियाले मार्च ८ तारिक्, गत आइतबार बृहत प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

      दक्षिण कोरियामा स्थापनाकालदेखी नै प्रवासी मजदुरहरुको हक अधिकार को लागी अहोरात्र खट्ने एक मात्रै मजदुरहरुको सङ्गठन एमटियुले, सरकारले ल्याउने नराम्रा मजदुर नियमहरुको  बिरोधमा प्रत्यक वर्ष  बिभिन्न र्याली ,भेला तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।


         एमटियु कोरियाले मजदुर गतिबिधि, मजदुर कानून्, न्यूनतम ज्याला कानून्, ई -७ भिसा ,ईपिएस प्रणालीमा भएका नराम्रा पक्षहरु लगायत बिभिन्न बिषयमा उपस्थित सयौ नेपालीहरुलाई  वकिल "युन सन हो" ले प्रशिक्षण दिएका थिए ।
   प्रशिक्षण कार्यक्रममा नेपाली मजदुरसाथीहरुले आफ्ना कम्पनीमा भएका बिभिन्न समस्याहरुको साथै समाधान गर्ने उपाय हरुको समेत भारी जिज्ञासा राखेका थिए ।
      खचाखच भरिएको एमटियु को हल मा उपस्थित मजदुरहरुले यस्तो प्रशिक्षण कार्यक्रमले धेरै नै फाइदा पुगेको  समेत अनुभुती गरेका  थिए । यसरी १५ मुलुकबाट आएका मजदुरहरुलाई अबदेखी प्रत्यक हप्ता प्रशिक्षण कार्यक्रम राख्ने योजना रहेको पनि एमटियु अध्यक्ष उद य राईले जानकारी दिए ।
     त्यस्तै क्रममा; मार्च १५ आइतवारको दिन बाङ्ग्लादेशको मजदुरहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी गराए ।
        कार्यक्रममा अनुमान गरेभन्दा धेरैको सङ्ख्यामा मजदुरहरु उपस्थित भएकाले सबैले जिज्ञासा राख्ने समयको पनि कमी भएको थियो भने, अन्य आगामी बिषेश प्रशिक्षण कार्यक्रमहरुमा प्रसस्त समय को निर्धारण गरिने समेत अध्यक्ष राईले  उपस्थी मासलाई कार्यक्रम को अन्तमा जानकारी दिए ।
     यसरि ,टाढा-टाढा बाट आएको नेपाली मजदुरहरु दिउसो २ बजेबाट अपरान्ह ५ बजेसम्म प्रशिक्षण लिएर आ-आफ्नो गन्तब्य तिर फर्किएका थिए ।

0 comments

Write Down Your Responses

-->