'म अनुशासित गायिका हुं' चर्चित आधुनिक गायिका -रजिना रिमाल [ भिडियो सहित ]

रमेश खावाजु ,कोरिया 
 'थोरै काम गरौं तर राम्रो गरौं'' भन्ने सोचकी  गायिका रजीना रिमालले आफु अनुशासित गायिका भएको बिचार पोखिन l गायिका रिमालले दक्षिण कोरियामा   नेपाली वेब टिभीको  अन्तर्वार्ता कार्यक्रममा भिजे सन्दिप पाण्डेले सोधेको   '' आफ्नो नजरमा आफैलाइ मुल्यांकन गर्दा रजीना रिमाल कस्तो गायिका   '' प्रश्नको  जवाफ दिएकी थिइन् l  दक्षिण कोरियामा पहिलो पटक कार्यक्रम प्रस्तुत गरेकी रजीनाले कोरियामा दुख तथा काम छोडेका नेपालीहरुको लागि आवासगृह निर्माणको लागि नेपालहाउस ब्यबस्थापन समितिको '' महामेला '' कार्यक्रममा थुप्रै नेपालीहरुको मन जितेकी थिइन् l

गायिका  रजिना रिमाल  आठ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिकेकी रजिनाले १३ वर्षको उमेरमै फिल्ममा गाउने अवसर पाएकी थिइन्। संगीतकार सुरेश अधिकारीले उनलाई बालगीत गाउन बोलाएका थिए तर स्वर सुनेपछि उनलाई फिल्ममै गाउन लगाए। नेपाली चचित्र  'सपूत' मा  पहिलोपटक गीत गाएकी रजिनाले हालसम्म करिब १२  सय भन्दा बढी गीतहरु गैसकेकी  छिन्।बि.सं २०६५ सालमा पहिलो एकल एल्बम 'परी' बजारमा ल्याएकी रजिनालाई आजभोलि भ्याइनभ्याइ छ। रजिनाले पछिल्लोपटक 'नाइ नभन्नू ल' फिल्मको शीर्षक गीत गाएपछि चर्चा कमाएकी हुन्। आफूलाई भर्सटाइल गायिका भन्न रूचाउने लता मंगेश्करका फ्यान उनले  'नाइ नभन्नू ल'' लगायत सिलसिला', 'फस्ट लभ' र 'मिस्टर मंगले'का हिट गीत गाएकी थिइन्। परिवारका सदस्यहरू संगीतमै भएकाले उनलाई यस क्षेत्रमा लाग्न आफुलाइ सजिलो भएको गायिका रिमालले बताइन  l

0 comments

Write Down Your Responses

-->