एन सी सी कोरिया द्वारा ताप्लेजुङ र सप्तरीको अग्नि पिडितहरुका लागी राहत संकलन गर्न अपिल



फोटो श्रोत -अनलाईन

        नमस्ते नेपाल कोरिया सम्बाददाता 

                  ( दक्षिण कोरिया )
                ०१ , अप्रिल   २०१५ ।

     दक्षिण कोरियामा  एन सी सी (नेपाली सम्पर्क समिति कोरिया) को  पहलमा अग्नि पिडितका लागि राहत संकलन गरिने भएको छ। सप्तरी र ताप्लेजुङमा भएको आगालागीका पिडितहरुलाई सहयोग पुर्याउन  समितीले कोरियामा तिब्र रुपमा राहत संकलन गर्ने भएका छन् । 




उक्त समितिले एक सुचना जारी गरी कोरियामा  रहेका नेपाली संघ संस्था तथा नेपाली समुदायमा राहत संकलन अभियान संचालन गर्नुहुन र सहयोगका  लागि अपिल गरेका छन् ।

एन सी सी (नेपाली सम्पर्क समिति कोरिया)- द्वारा सबै संघ सस्था हरुलाई ताप्लेजुङ र सप्तरीको अग्नि पिडित हरुलाई राहत संकलन गर्न अपिल !

                                          आदरणीय कोरियावासी नेपाली दाजुभाई  तथा दिदीबहिनीहरु,
                                                                           नमस्कार !


 
यस्तो हुन्छ भनेर कसलाई पो थाहा हुन्छ र आज यस्तै भएको छ ताप्लेजुङ, मा चैत्र १० गते ताप्लेजुङ को सदरमुकाम फुङलिङकमा आगलागीबाट घरबाहेक ३० करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको थियो भने ४४ घरमा पूर्ण रुपमा क्ष्यति भएको थियो   होटल, पसल तथा डेरा गरी बस्ने १ सय १८ परिवार विस्थापित भएका थिए  भने आगलागीले ४ सय ६५ जनालाई बासबिहीन बनाएको थियो 
 सप्तरीको कञ्चनपुर नगरपालिका पडेमारामा भीषण आगलागी भएको थियो l आगोले सिंगो गाउँ नै खरानी बनाएको थियो।आगलागीमा परेर ६२ वर्षीय चलितर सरदारको मृत्यु भएको थियो । आगलागीबाट स्थानीय ३३ परिवारको ७५ वटा घर जलेर नष्ट भएको थियो । आगो नियन्त्रण गर्न थप २८ वटा घर भत्काइएको थियो । यी दुवै ठाउमा  हेर्दा हेर्दै सबै जसो आगोले खाएको थियो । आज विस्तापित परिवार राहतको पर्खाइमा छटपटाइरहेका छन् l लगाउने एकसरो लुगा बाहेक पासमा केहि छैन,साना साना नानिबाबुहरु भात भन्दै कराई रहेका छन् । स्कुल जाने बच्चा हरुको किताब कापी सबै खरानी भएको छ|
बुढा पाकाहरु भगवान  पुकार्दै बसेका छन् | एकै क्षणमा  खरानी भयो त्यो ताप्लेजुङ को फुङलिङक र सप्तरी को पडेमारामा|त्यो दयनिय अवस्था देख्दा हामी नेपाली मन किन नपग्लिनु  र.....  l
हामी कोरियामा रहेका नेपालीहरुले जस्तो अवस्थामा  रहेतापनि सहयोग जुट्ने हातहरु आज यो ताप्लेजुंग र सम्प्तरी को भयानक अग्नि पिडित प्रति  सहयोगका हातहरु बढाई पुण्य कमाउन नेपाली सम्पर्क समिति दक्षिण कोरिया हार्दिक  अपिल गर्दछ l 
यति ठुलो प्रकोपमा सबै नेपाली एकजुट भएर राहत संकलन गर्न र यस्ता भैपरि आउने  दुखद  आपत बिपत हरुमा सहयोग गर्न कोरियामा भएका सबै संग सस्था,राजनीति सस्था,जातीय सस्था,बुद्दिजिबी,विद्यार्थी,मजदुर ,ब्यापारी समेतलाई नेपाली सम्पर्क समिति कोरिया द्वारा अपिल गरिन्छ 
खाता नंबरः( 1002844501301)
बैंकको नामः Woori bank,
खाता वाहकको नामः pun balaram [पुन बलराम ]
010-59502626(०१० -५९ ५० २६ २६ )
राहत संकलन संयोजक:- नेपाली सम्पर्क समिति, दक्षिण कोरिया 

0 comments

Write Down Your Responses

-->