नेपथ्य लाईभ कन्सर्टबाट ८ करोड ९४ लाख ४६ हजार एकसय दश कोरियन वन बचत
-झक थापा मगर ,दक्षिण कोरिया
-नेपालको मगर जाति र उत्पिडित तथा पिछडिएका जन-जातिको लागि ५० लाख नेपाली रुपैंया बराबरको अक्षयकोषको स्थापना गरिने
ई.स.२०१४ को छुसकको अवसर पारेर नेपाल मगर संघ गणतन्त्र कोरियाले सेप्टेम्वर ७ तारिखको दिन नेपालमा रहेका पिछडिएका आदिवासी जनजातिहरुको उत्थानको सहयोगार्थ आयोजना गरेको “नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया, साथमा लिटिल डान्स क्वीन् तेरिया” नामक सांस्कृतिक कार्यक्रमको आय-व्याय सार्वजनिक गरेको छ। संघका अध्यक्ष पुरन राना मगरका अनुसार उक्त कार्यक्रममा कुल आम्दानी १६ करोड १२ लाख १८ हजार भएकोमा खर्च ७ करोड १७ लाख ७१ हजार ८ सय नब्बे कोरियन वन भई ८ करोड ९४ लाख ४६ हजार १सय १० वन बचत भएको छ। कोषाध्यक्ष मनु रोका मगरले दिनुभएको विस्तृत विवरण अनुसार कार्यक्रममा भएको आम्दानी खर्च र बचत यस प्रकार रहेको छ –
आम्दानी(आय)
खाने कुरा बिक्री बितरणबाट- १,८८,७२,०००।– (एक करोड अठासीलाख बहत्तरहजार वन्)
मूल आयोजक समितीबाट आर्थिक सहयोग- ७३,३३,०००।–(तिरहत्तरलाख
तेत्तिसहजार वन्)
अतिथिज्यूहरुबाट- ३२,५१,०००।– (बत्तिसलाख एकाउन्नहजार वन्)
व्यापार व्यवसायीहरुबाट- ७,६०,०००।– (सातलाख साठीहजार वन्)
कोरिया स्थित संघ संस्थाहरुबाट- २७,३२,०००।– (सत्ताईसलाख बत्तिसहजार वन्)
टिकट बिक्री बितरणबाट- १२,७६,२०,०००।– (बाह्रकरोड छह्यात्तर लाख बीसहजार वन्)
टिकट बिक्री जम्मा- ५१५१ (पांचहजार एकाउन्न प्रति) व्यक्तिगत तर्फ-३६१२ र संस्थागत तर्फ
१५४९ प्रति।
तेरिया मगरको हवाई टिकटबाट छुट रकम फिर्ता- ५,००,०००।–(पांचलाख वन्)
मोबाईलको स्टल राखे वापत प्राप्त रकम- १,५०,०००।–(एकलाख पचासहजार वन्)
जम्मा आय आम्दानी = १६,१२,१८,०००।–(सोह्रकरोड बाह्रलाख अठारहजार वन्)
खर्च बिबरणहरु-
नेपथ्य व्याण्डको लागि- २,३४,९९,१३०।– (दुईकरोड चौंतिसलाख उनान्सयहजार एकसयतिस वन्)
साउण्ड सिस्टम-१,१०,००,०००।– (एककरोड दशलाख वन्)
तेरीया मगरको लागि- ७१,४२,०००।– (एकहत्तरलाख बयालिसहजार वन्)
कलाकारहरुको खाना खर्च- ११,९६,६२०।– (एघारलाख छ्यानब्बेहजार छसयबीस)
विविध खर्चहरु(हल बुकिङ्ग,यातयात खर्चहरु र अन्य)- १,३५,६७,५००।–(एककरोड पैंतिसलाख सतसट्ठीहजार पांचसय वन्)
पेय चिसो पिउने पदार्थहरुको- ४९,२९,६००।–(उनान्पचासलाख उनान्तीसहजार छसय वन्)
फोहर फाल्ने सेरकी फुङ्तु- २,७२,०००।– (दुईलाख बहत्तरहजार वन्)
विज्ञापन खर्च- ४,३०,०००।–(चारलाख तीसहजार वन्)
खानाको परिकारहरु बनाउंदा- ३९,३४,९००।–(उनान्चालिसलाख चौंतिसहजार नौसयवन्)
टिकट पोष्टर र निमन्त्रणा कार्ड छपाई खर्च-४,६०,०००।–(चारलाख साठीहजार वन्)
स्वयम् सेवकको लागि कार्ड,रिवन, व्यानर, झण्डा, डोरी धागो,विविध बनाउंदा-१५,८०,७८०।-
पन्ध्रलाख असीहजार सातसय असी वन्)
समानहरु ल्याउंदा लैजांदा गाडी खर्च- ५,२०,०००।–(पांचलाख बीसहजार वन्)
टिकट पोष्टरहरु विभिन्न ठांउमा पठाउंदा हुलाक खर्च-५२,४८०।–(बाउन्नहजार चारसय असी वन्)
विविध खर्च-३२,३९,३६०।–(बत्तिसलाख उनान्चालिसहजार तिनसयसाठी वन्)
जम्मा खर्च=७,१७,७१,८९०।– (सातकरोड सत्रलाख एकहत्तरहजार आठसय नब्बे वन्)
५०लाख नेपाली रुपैयांको अक्षयकोषको स्थापना-
यसै गरि संघका बरिष्ठ उपाध्यक्ष खडक थापा मगरले “नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया,साथमा लिटिल डान्स क्वीन तेरिया” कार्यक्रम गर्दा “नेपालमा रहेका पिछडिएका आदिवासी जन-जातिको उत्थान सहयोगार्थ” भन्ने मूल नारा राखि गरिएकोमा कोरियामा क्रियाशिल संघ संस्था, विभिन्न पेशा व्यवसाय गरि बसिरहनुभएका कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण मगरहरुको नैतिक,भौतिक र आर्थिक लगायत विभिन्न सहयोगबाट कार्यक्रम ऐतिहासिक र अभूतपूर्बक सफल भएकोले बचत रकम मध्ये करिब साढे पांचकरोड कोरियन वन् (५,५०,००,०००।-) बराबरको करिब नेपाली पचासलाख रुपैंयाको अक्षयकोष नेपाल मगर संघ गणतन्त्र कोरिया र नेपाल मगर संघ केन्द्रिय समिती काठमाण्डौ बिच सम्झौता गरि स्थापना गरिने पहल सुरु भएको र अक्षयकोषबाट बार्षिक रुपमा आउने ब्याजले नेपालका मगर जाति लगायत उत्पिडित पिछडिएको आदिवासी जनजातिको भाषा, संस्कार संस्कृति, शिक्षा र पहिचान लगायत सिपमुलक तथा आय-आर्जन तालिमको लागि खर्च गरिने र खर्च कंहा कसरी कसलाई गर्दा उपयुक्त हुन्छ भन्ने निर्णय गर्दा नेपाल मगर संघ गणतन्त्र कोरियाको भूमिका निर्णयाक हुने गरि सम्झौता पत्र बनाईने कुराको जानकारी दिनुभएको छ।
संघबाट आर्थिक सहयोग प्रदान
नेपाल मगर संघ गणतन्त्र कोरियाले आर्थिक सहयोग गर्ने क्रममा तेरिया मगरको पढाईको लागि केहि सहयोग पुगोस भनेर नेपाली एकलाख रुपैंया(११,००,०००।– एघारलाख कोरियन वन्),कोरियामा EPS भिषामा कोरिया आउनुभई बिरामी हुनुभएकी चितवन निवासी सोजिता पुन मगरलाई उपचार खर्च बापत नौलाख (९,००,०००।-) कोरियन वन् र EPS भिषामै कोरिया आएका स्याङजा निवासी मृगौला पिडित रोगी पिताम्बर राना मगरलाई तिनलाख नब्बे हजार वन् (३,९०,०००।-) गरि जम्मा २३,९०,०००।–(तेईसलाख नब्बेहजार) वन् सहयोग गरेको छ।

0 comments
Write Down Your Responses