कोरियामा नेपाली पुस्तकालयको समुद्घाटन सम्पन्न [ फोटो फिचर सहित ]

कृष्ण  पुरी ,नमस्ते नेपाल  कोरिया संवाददाता 
सोमबार  ,२९ डिसेम्बर,२०१४

दक्षिण कोरियाको फेन्तेक माईग्रेन्ट सेन्टरमा नेपाली पुस्तकालय विधिवत रुपमा स्थापना   भएको छ l

गत आइतबार सेन्टरमा नेपाली समितिद्वारा एक कार्यक्रम आयोजना गरि नेपाली राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्यमा उक्त  पुस्तकालय समुद्घाटन गरिएको हो l   अंग्रेजी नया बर्ष २०१५ को शुभकामना संदेश प्रदान गर्दै यहा रहेका  नेपालीहरुलाई यस  पुस्तकालयले धेरै सहयोग पुर्याउने र एउटा सकारात्मक उदाहरणीय कार्य  भएको राजदुत लामाले  बताए l

समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति  बिजु बिक्रम थापाले  कोरियामा रोजगार सगसगै  नेपालीहरुलाई सक्रियरुपमा  सिर्जनात्मक कार्यमा उर्जा प्रदान गर्ने उदेश्यले  पुस्तकालयमा  बिभिन्न विधाका सफल  पुस्तकहरु समाबेश गरिएको र यस्तो प्रकारको कार्यबाट स्वदेश  तथा  बिदेशमा पनि  सकारात्मक संदेश जाने बताएका छन् l

 उक्त आइतबार बिदाको अवसर पारेर नै    आउदो नया बर्षको उपलक्ष्यमा बिशेस मनोरन्जनात्मक प्रस्तुतिका बीच  फेन्थेक वरपरका नेपालीहरु तथा अन्य देशका नागरिक सहित कोरियाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उलेख्य उपस्थितिमा कार्यक्रम संचालन  गरिएको थियो l समितिले यस्तो नमुना कार्य गरेकोमा  धेरैले प्रसंसा गरेका थिए । यद्यपि  यस पुस्तकालयले  टाढा टाढा भुभागमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्न भने अलि असहज  हुने देखिएको छ ।

 पुस्तकालयमा  झन्डै २०० थान पुस्तकहरु उपलब्ध  रहेको  र अझै निरन्तर आवस्यक पुस्तकहरु खरिद सगसगै  पुस्तकालय संचालनार्थ आवस्यक सहयोग र पुस्तक अनुदान क्रमश  जुटाउदै जाने  समितिले जोड दिएको छ l पुस्तकालय स्थापनार्थ आर्थिक तथा पुस्तक अनुदान गर्नुहुने सम्पूर्ण महानुभावहरुमा आभार ब्यक्त गर्दै  आगामी चरणमा क्रमश  सम्पूर्ण सहयोग,विवरण सार्बजनिक गर्दै अगाडी बढ्ने समितिले टुंगो लागेको जनाएको छ l
 सोहि  अवसरमा पुस्तक अध्ययनार्थ पुस्तकालय सदस्यता कार्ड पनि वितरण गरिएको थियो l
उक्त नेपालि समितिका  अनुसार  पुस्तकको संख्या हेरी बढीमा १ महिना स्वाध्ययनको लागि लैजान सकिने र सार्बजनिक बिदामा पुस्तकालयमा बसेर अध्ययन गर्न सकिने  जनाएको  छ l
पुस्तकालयमा  प्रसिद्ध व्यक्तित्व तथा सफल लेखकका बौद्धिक, आर्थिक,सामाजिक, मानसिक, स्वास्थ्य जस्ता विभिन्न विधाका उत्कृस्ट  पुस्तकहरु उपलब्ध रहेका  छन् l

,

0 comments

Write Down Your Responses

-->