एनआरएनए ‍कोरियाको बरिष्ठ उपाध्यक्षमा जीवन कुमार थापाको उमेद्वारी

नमस्ते नेपाल कोरिया
७ अगस्त २०१९ कोरिया
एनआएनए कोरियाको सातौँ अधिवेसनमा बरिष्ठ उपाध्यक्ष पदमा हाल एनआरएनए कोरियाका उपाध्यक्ष समेत रहेका जीवन कुमार थापाले उमेद्वारी दिने भएका छन् । मिलनसार सरल स्वभावका थापा लामो समय देखि रेस्टुरेन्ट संचालक र कोरियाका एक मात्र नेपाली फुल व्यवशायि हुन् | २००७ मा बिजिनेस भिसामा कोरिया आएर ब्यवसाय सुरु गरेका थापा हाल फुलको ब्यबसाय र रेस्टुरेन्ट ब्यबसाय गर्दै आईरहेका छन् । कोरियामा बिभिन्न सामाजिक कार्यमा अग्रसर रहदै डाइनामिक मोरङ को अध्यक्ष हुदै हाल सल्लाहकार ,फेन्तेक माईग्रेन्ट सेन्टर को सल्लाहकार ,पुर्बाअन्चल सरोकार समाज को सल्लाहकार सगै हाल NRN को कार्यसमिति उपाध्यक्ष समेत रहेका छन् l सक्रिय,स्पस्ट बक्ता थापा नेपालीहरुको हितमा कोरियामा सदा लागिरहन प्रेरणा स्वरूप आगामी चुनावमा अमुल्य मत दिएर साथ सहयोग पुर्यईदिनुहुन सबैमाझ अपिल गर्नुभएको छ l एनआरएनए दक्षिण कोरियाले सातौँ महाधिवेसन आगामि सेप्टेम्बर २१ र २२ मा गर्ने गरी मिति तय गरिसकेको छ भने मतदाता फाराम यहि अगस्त १८ तारिख सम्मको म्याद राखेको छ l

0 comments

Write Down Your Responses

-->