सुपरहिट चलचित्र 'ए मेरो हजुर ३' फेन्थेकमा भब्य प्रदर्शन हुदै


कृष्ण पुरी ,६ जुलाई २०१९ कोरिया: सुपर हिट चलचित्र ए मेरो हजुर ३ कोरियाको फेन्थेक सहरमा स्तरीय सुविधासम्पन्न सिटिहलमा अवस्थित सास्कृतिक हलमा यहि जुलाई २१ तारिख भव्यताकासाथ प्रदर्शन हुने भएको छ l बिभिन्न देशहरुमा सफल प्रदर्शन भइरहेको उक्त चलचित्र कोरियाको विभिन्न शहरहरुमा अत्यधिक रुचाइएको र हाउस फुल हुदै चल्दै आएको छ ए मेरो हजुर ३ ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको थियो । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ३’ फिल्ममा अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।सुहानाले आफ्नै होम प्रोडक्सनबाट निर्माण गरेको फिल्मबाट डेब्यु गरेकी छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी समेत हुन्।कार्यक्रम सम्बन्धि बिस्तृत विवरण तल दिईएको छ  
हार्दिक निमन्त्रणा :
नेपाली कला सस्कृतिलाई माया गर्दै मनोरञ्जनको सुवर्ण अवसर : अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सलोन बस्नेत मुख्य भूमिकामा अभिनित नेपालमा ५१ दिन मनाउन सफल यस बर्षको सुपर हिट चलचित्र [ ए मेरो हजुर ३ ] कोरियाको फेन्थेक सहरमा स्तरीय सुविधासम्पन्न सिटिहलमा यहि जुलाई २१ तारिख आइतबार भव्यताकासाथ प्रदर्शन हुन गैरहेको हुदा प्रबाशमा रहेतापनि नेपाली कला सस्कृति र चलचित्रलाई माया गर्नुहुने इच्छुक सम्पूर्ण आदरणीय कोरियाबासी नेपालीहरुमा गरिमामय उपस्थिति जनाई कार्यक्रम भब्य सफल बनाईदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम विवरण:
मिति :- 2019-July-21 Sunday
समय:- 1:00PM देखि 03:00 PM सम्म
स्थान :- 편택시청소년문화 센터 ( AK PLAZA अगाडी को बस टर्मिनल बाट 평택고 बस टर्मिनल मा ''10 मिनेट मात्र'' 7th बस टर्मिनल मा झर्ने )
संयोजक :- अम्बिका डिसी पार्क
सहकार्य :- फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति ,दक्षिण कोरिया
थप जानकारी : (फेन्थेक माईग्रेन्ट सेन्टरमा महिला आवाश सेवा सहयोगार्थ
सहयोग स्वरूप १५,००० वन )
अम्बिका डिसी पार्क :-010-2727-6169
लक्ष्मण पौडेल:-010-5834-9514
जीवन अर्याल:-010-7420-5299
कृष्ण पुरी :-010-5931-1934

, ,

0 comments

Write Down Your Responses

-->