दुखेको देशमा बुद्दिको अनिकाल छ -मनोज चापागाईं

हिमाल छ झरना छ, झरनामुनि ताल छ
बुद्द जन्मेको मेरो देशमा बुद्दी को अनिकाल छ!
कोरिया,जापान, इजरायल खुल्छन ,
तेस्तै युरोप र खाडी मुलुक रोजगार दिन्छ परदेशले,वाह! नेतालाइ क्या माल छ।
बुद्द जन्मेको मेरो देशमा बुद्दिको अनिकाल छ!!
नुन देखि सुन सम्म सियो साधन सबै आयात
युवा बेचेर परदेशमा रेमिटले देश पाल्छ।
बुद्द जन्मेको मेरो देशमा बुद्दिको अनिकाल छ!!
देशमै बसेनी केही माखो मार्दैनन कोइ माइकालालले
बिहान आमाले चुल्हो नबाल्दै छोरोले टायर बाल्छ।
बुद्द जन्मेको मेरो देशमा बुद्दिको अनिकाल छ!!
बलत्कार, हत्याहिंसा तेस्तै आतंक बम बारुदको
भत्केका ती संरचना भन कस्ले टाल्छ?
बुद्द जन्मेको मेरो देशमा बुद्दिको अनिकाल छ!
मुलुक बनाउन खोज्नेलाइ अनेक प्रहार सरकारबाटै
देश टुक्र्याउछु भन्नेसित अङ्गालो हाल्छ।
बुद्द जन्मेको मेरो देशमा बुद्दिको अनिकाल छ!!
रगत बेचेर फर्किन्छ जो देशमा छिर्न एअरपोर्टसम्म
झोलै फोरेर सामान झिक्ने, लुटेराकै चाल छ।
बुद्द जन्मेको मेरो देशमा बुद्दिको अनिकाल छ !
-मनोज चापागाईं
नवलपरासी (हाल- दक्षिण कोरिया )

,

0 comments

Write Down Your Responses

-->