कोरिया फेन्तेक नगरपालिका द्वारा लक्ष्मण पौडेल सम्मानित



कृष्ण पुरी २७ मे २०१९ कोरिया  दक्षिण कोरियामा सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै नवलपरासी निबासी इपिएस मार्फत २  वर्ष अघि कोरिया  आएका एक नेपाली सम्मानित भएका छन् । फेन्थेक माईग्रेन्ट  नेपाली समितिका अध्यक्ष लक्ष्मण पौडेल लाई सामाजिक सेवामा महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्दै सो सम्मान प्रदान भएको हो lवल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख फेन्थेकमा आयोजित एसियन प्रबासी बहुसास्कृतिक महोत्सवमा  फेन्थेक  मेयर नगर प्रमुख जंग जांग सन् द्वारा  सम्मान गरिएको थियो l   उक्त  सम्मान सो बिश्व शान्ति एसियन महोत्सवको अवसरमा  फेन्तेक शहरका नगरप्रमूखले सामाजिक कार्य गरेबापत दिने बिशेष सम्मान रहदै आएको छ l बिगत वर्षहरुमा माईग्रेन्ट नेपाली समितिका पुर्ब अध्यक्ष राजेन्द्रप्रसाद बेलबासे ,कृष्ण पुरी लगाएतले  पनि सो सम्मान पाएका थिए l  उक्त मेलामा नेपाल सगै एशियाका अन्य राष्ट्रले आफ्ना देशको मौलिक संस्कृति झल्कीने पोशाक, खाना, नाचगान खेलकुद लगायतका बिभिन्न प्रस्तृतिहरु  देखाएका थिए l खाना परिकार प्रतियोगितामा नेपालले प्रथम पुरस्कार ४९ इन्च टिभी उपहार पाएको थियो l हाल सम्मानित पौडेल फेन्तेक शहरमा माइग्रेन्ट वेलफेयर सेन्टर संग आबद्ध भएर नेपाली समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहदै आएका छन् । वहा स्वतन्त्र रास्ट्रप्रेमी नेपाली एकता अभियानका सक्रिय अभियन्ता पनि हुन् l सम्मानित हुदै उनले यो सम्मान सबै नेपालीको साझा सम्मान गौरव र प्रेरणा भएको बताए l माइग्रेन्ट सेन्टरवाट संचालनमा हुने हरेक गतिविधिमा सहयोग गर्दै सेन्टरको स्तरोन्नति लगाएत सो क्षेत्रमा सामाजिक कार्यक्रमहरुमा नेपाली समितिको उल्लेख्य सहयोग रहदै आएको छ । वहाले सेन्टरले महिलाको लागी आबास शेल्टर,तेक्वान्दो ,फुटबल खेल,टपिक कक्षा बिभिन्न सिपमुलक तालिम पनि संचालनमा निरन्तर  ल्याएको बताउदै र माइग्रेन्ट सेन्टरका हरेक  गतिविधिमा, दुख समस्या तथा परामर्शको लागी सेन्टर समक्ष सम्पर्क गरि सबैलाई लाभ लिन आह्वान समेत गरेका छन् l


















































,

0 comments

Write Down Your Responses

-->