कोरियामा एक नेपाली श्रमिक सम्मानित


कृष्ण पुरी २६ मे २०१९,सोलः कोरियामा रहेका एक नेपाली कोरियाको छनान नगरपालिका बाट सम्मानित भएका छन्। एक सरल सहयोगी नेपाल कोरिया बिचमा सामाजिक ,साँस्कृतिक र परोपकारी कार्यमा उदाहरणीय कार्य गर्दै आएको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सोही क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता यम श्रेष्ठ लाई सम्मान प्रदान गरेको हो । इपियस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका करिब एक दशक दक्षिण कोरियामा रहदै आउनु भएका धुलिखेल -१२,शंखु काभ्रे निबासी श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामा आबद्द रहनुका साथै साँस्कृतिक परोपकारी सामाजिक कार्यमा कोरिया प्रवेश गरे देखिनै सकृय रूपमा लागिरहनु भएको छ। मिहिनेती र सकारात्मक सोचका धनी श्रेष्ठको नेतृत्वमा नै दर्जनौ विभिन्न राष्ट्रिय सहयोग अभियान पार्दर्शी नमुनाको रुपमा सफलतापुर्वक सम्पन्न हुदै आएको छ l वहा निश्वार्थ राष्ट्रप्रेम भावले युवाहरूलाई उर्जा भर्दै सामाजिक कार्यमा लाग्न प्रेरणा दिदै, सकारात्मक संदेश छर्दै निरन्तर सक्रिय रुपमा लाग्दै आईरहेका छन् l उहाँकै संयोजकत्वमा पछिल्लो गत महिना कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक हस्पिटल निर्माणको लागि कोरियाबाट करिब ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर सम्बन्धीत संस्थालाई पनि हस्तान्तरण गर्नु भएको थियो।
वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रबासी बहुसाँस्कृतिक मेला अर्थात् ९ औ "छनान वैदेशिक महोत्सव -२०१९" मा छनान नगरपालिकाका नगर प्रमुख बाट सम्मानित उहाँ स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानका प्रमुख अभियन्ता साथै बिभिन्न संघ सस्थाहरुमा आबद्धता रहदै श्रमिक हित, मानबिय सेवामा सदा स्वच्छ मनले समर्पित हुँदै आउनु भएको छ l उहाँको कार्यलाई उच्च कदर र मुल्यांकन गरेर सम्मान गरेकोमा कोरियाबासी नेपाली समुदायले पनि सम्मानयोग्य सहि ब्यक्ति छनौट भएकोमा खुशी व्यक्त गरेका छन् l सम्मानित हुदै उहाँले यो सम्मान आफु मात्र नभई नेपाल र सम्पूर्ण श्रमिक बर्गको सम्मान र प्रतिष्ठाको गौरव भएको बताए l यसले इमान्दार भै सत्कर्म र मानवीय सहयोग सद्भावनामा लाग्न हामी सबैलाई हौषला र प्रेरणा मिलेको भन्दै खुशी प्रकट गरेका छन् l

,

0 comments

Write Down Your Responses

-->